Popular Posts

Monday, April 22, 2019

पारमार्थिक इच्छा ( Desire for Supreme Truth)


जब चेतन ( Conscious) आफ्नो सम्बन्ध जडसँग(innimate) मान्दछ, तब उसमा संसार अर्थात् भोक्तृत्व ( Possession ) को पनि इच्छा हुन्छ र परमात्माको (Supreme Spirit)  पनि इच्छा हुन्छ । जडसँग सम्बन्ध मानाले जिवको यही भूल हुन्छ कि उ सत-चित- आनन्द स्वरुप परमात्माको इच्छा, अभिलाषालाई संसारबाट पनि पुरा गर्नको लागि संसारिक पदार्थहरु इच्छा गर्न थाल्छ । परिणाम स्वरुप उसको यि दुवै इच्छाहरू स्वरुपबोधको ( soul realization) बिना कहिले पनि मेटिदैन ।
        संसारलाई जान्नको लागि संसारसँग अलग (Divided) हुन र परमात्मालाई जान्नको लागि परमात्मासँग अभिन्न (Undivided) हुनु आवश्यक छ । वास्तवमा ‘स्वयं’(Soul) को संसारसँग भिन्नता र परमात्मासँग अभिन्नता छ । परन्तु संसारको इच्छा गर्नाले ‘स्वयं’ संसारसँग आफ्नो भिन्नता या समीपता मान्दछ । जो कहिले पनि सम्भव छैन । हो, संसारिक इच्छाहरुलाई मेटाउनको लागि पारमार्थिक इच्छा गर्नु वृहत उपयोगी छन। यदि परमार्थिक इच्छा तीव्र भयो भने लौकिक इच्छाहरु स्वत: मेटिहाल्दछन। यदि लौकिक (worldly) इच्छाहरु सर्वथा मेटियो भने पारमार्थिक (supernatural) इच्छा पुरा भैहाल्दछ । अर्थात नित्य प्राप्त परमात्माको अनुभव भैहाल्छ । कारण वास्तवमा परमात्मा सदा सर्वदा विद्यमान हुन्छ । तर लौकिक इच्छा भएको हुँदा उहाँको अनुभव हुँदैन ।
“यदा सर्वे प्रमुच्यन्ते कामा येउस्य हदिकिता: ।
अथ मत्योडमृता भवत्यज व्रह्म समश्नुते ।।“
                                         कठ. २/३/१४, वृहदा ४/४/७
मानीसको हृदयमा स्थित सम्पुर्ण कामनाहरु  जब समूल नष्ट हुन्छन्, तब मरणधर्मा (law of death) मनुष्य अमर हुन्छ र यही (मनुष्यरुपी शरीरमानै) व्रह्मको भलिभाति अनुभव हुन थाल्दछ ।
“जहि शत्रुं महाबाहो कामरूपं दुरासदम्” (BG-3-43) । ‘महावाहो’ को अर्थ हो ठुलो र वलवान भुजावाला अर्थात महावीर । अर्जुनलाई ‘महावाहो’  अर्थात  शुरवीर भन्नेर भगवान् यो लक्ष्य देखाउन हुन्छ कि तिमी यस ‘काम’ (Desire) रुप शत्रुको दमन गर्न समर्थ बन्न ।
संसारसँग सम्वन्ध राखेर ‘काम’को नाश गर्न धेरै कठिन छ । यो ‘काम’ ठुला ठुलाहरुको विवेकलाई (wisdom) समेत ढाकेर उनीहरुलाई कर्तव्यबाट च्यूत गरिदिन्छ । जसले गर्दा उनीहरुको पतन हुन्छ । त्यसैले भगवानले यसलाई दुर्जय शत्रु (Invincible Enemy) भन्नुभएको छ ।
        कुनै एक कामनाको उत्पत्‍ति, पूर्ति, आपूर्ति र निवृत्ति हुन्छ । यसैकारण मात्र  कामनाहरु उत्पन्न र नष्ट हुनेवाला हो । परन्तु ‘स्वयं’ निरन्तर रहिरहन्छ र कामनाहरूको उत्पन्न तथा नष्ट भएको जान्दछ । अत: कामनाहरूसँग उसले सुगमतापुर्वक सम्बन्ध विच्छेद गर्न सक्दछ । किन भने वास्तवमा कामनाहरूसँग उसले सम्बन्ध छँदै थिएन । यसकारण साधकहरुले (मानीसहरुले) कामनासँग घवराउन हुँदैन । यदि साधकलाई आफ्नो कल्याणको पक्का उद्धेश्य छ, भने उसले त्यस ‘काम’ (कामनाहरू) लाई सुगमतापुर्वक मार्न सक्छ ।
कामनाहरुको त्यागमा अथवा परमात्मा प्राप्तिमा सवै मानीसहरु स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छन् । परन्तु कामनाहरुको पूर्तिमा कोही पनि स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छैनन् । यसकारण कामनाहरु पुरा हुनेवाला छँदै छैन । परमात्माले मानव शरीर आफ्नो (मानीसहरुको) उद्धेश्य मुक्ति प्राप्तिको लागि दिएको हो । अत: कामनाको त्याग गर्न कठिन छैन । संसारिक भोग पदार्थहरुलाई महत्व दिनाको कारणले नै कामनाको त्याग कठिन लागेको हो ।
        सुख (अनूकुलता) को कामनालाई मेटाउनको लागि नै भगवान् समय-समयमा दु:ख (प्रतिकूलता) पठाउनु हुन्छ । ताकि सुखको कामना नगरुन भनेर । कामना गरियो भने दु:ख पाउन नै पर्दछ । संसारिक पदार्थहरुको कामनावाला मनुष्य दु:खबाट कहिले पनि बँच्न सक्दैन । यो नियम हो । किन कि संयोग-जन्य भोग  नै दु:खको ‘हेतु’ हो (BG-5-22) ।
        ‘स्वय’ (स्वरुप) मा अनन्त बल छ । उसको सत्ता र बललाई पाएर बुद्धि, मन र इन्द्रियहरु सत्तावान एवं बलवान् हुन्छन । परन्तु जडसँग सम्वन्ध जोड्नाको कारण उ आफ्नो  बललाई भुलिरहेको हुन्छ । र आफ्नो वुद्धि, मन र इन्द्रियहरुको अधिनमा मानीरहेको छ । अत एवं ‘काम’ रुप शत्रुलाई मार्न को लागि आफूले आफूलाई जान्नु र आफ्नो वललाई चिन्नु पर्दछ । ‘काम’ जडको सम्बन्धबाट र जडमा नै हुने गर्दछ । जडको सम्बन्ध रहेन भने त ‘काम’ छँदै छैन । यसकारण यहाँ ‘काम’लाई मार्ने भन्नुको तात्पर्य वस्तुत: ‘काम’को सर्वथा अभाव (absence) बनाउनु नै हो । यसको विपरित यदि ‘काम’ अर्थात कामनाको सत्तालाई मानेर उसलाई मिटाउने चेष्टा (प्रयास) गरियो भन्ने, कामना मेटिन कठिन छ । किनभने वास्तवमा कामनाको स्वतन्त्र सत्ता छँदै छैन । कामना उत्पन्न हुन्छ र उत्पन्न हुनेवाला वस्तु नष्ट हुन्छ । यो नियम हो । नयाँ कामना नगरेमा, पहिलेको कामना आफै नष्ट भैहाल्छ । यसकारण कामना मेटाउने भन्नेको नयाँ कामना नगर्नु ।
शरीरादी संसारिक पदार्थहरुलाई ‘म’, ‘मेरो’ र ‘मेरो लागि’ मान्नाले आफूमा अभाव (कमी) अनुभव हुन्छ । तर मनुष्य भुलले (By mistake) गर्दा, यस कमीको (अभाव) पूर्ति संसारिक पदार्थबाट नै गर्न चाहन्छ । त्यसैकारण ऊ ति पदार्थहरुको कामना गर्दछ । परन्तु वास्तवमा आजतक संसारिक पदार्थहरूबाट कुनै पनि कमीको (अभाव) पूर्ति भएको छैन, हुँदैन पनि र पूर्ति हुन सक्दैन । किन कि स्वयं अविनासी छ र पदार्थ नाशवान छ । स्वयं अविनासी भएर पनि नाशवानको कामना गर्नाले लाभ  हुँदैन हुँदैन । यसकारण भगवान् कामनालाई शत्रु बताउँदै त्यसलाई मार्न आज्ञा दिनुहुन्छ ।
        ‘कर्मयोग’द्वारा यस कामनाको नाश सुगमतासँग भैहाल्दछ । किन कि कर्मयोगको साधकहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमात्मा प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् । आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् । उनीहरु हरेक कार्य निष्कामभावसँग अर्काको हित र सुखको लागि गर्दछन् । उनीहरु सँग जो समय, समझ, सामग्री र सामर्थ्य छ, ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको छ, पछि विछोडिन सक्छ । त्यसकारण उनीहरु  तिनीहरुलाई आफ्नो कहिले सम्झदैन र निस्वार्थ भावले संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् । सवैलाई पुराका पुरा संसारको सेवामा लगाइदिन्छन् ।
        कर्मयोगी मानीस  आफ्ना लागि केही पनि गर्दैनन् । आफ्नो लागि केही पनि चाहँदैनन् र आफ्नो केही कुरालाई अर्थात वस्तुलाई मान्न पनि मान्दैनन् । यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ । कामनाहरूको सर्वथा नास भएपछि उसको उद्धेश्यको पूर्ति भैहाल्छ । उनीहरुमा  आफूले आफूमा नै र आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य भैहाल्छ । अर्थात उनीहरुको लागि केही पनि गर्नु (Nothing do), जानु ( Nothing know)र पाउनु ( Nothing to get) बाँकी रहँदैन ।
भगवानले इन्द्रियहरु मन र वुद्धिको नाम लिनुभयो तर अहम्‍को (Ego) नाम लिनुभएन । अहम् वुद्धि भन्दा पर छ । भगवद् गीतामा (BG-7-4) पनि भगवान्‍ले वुद्धि पछि, अहम्‍लाई लिनुभयो । ‘भूमिरापोअनलो वाय: ख मनो वुद्धिरेव च । अहङ्कार इतियमे ... । अत यहाँ पनि ‘ख’  पदबाट अहम्‍मता बस्ने ‘काम’लाई लिनुपर्दछ । जबतक स्वरुपको साक्षात्कार हुँदैन तबसम्म अहम्‍मा काम रहन्छ । स्वरुपको साक्षात्कार भएपछि अहम्‍मा काम रहँदैन –“पर दृष्टवा निवर्तते ।“ (BG-2-31) । सुख स्वरुपमा छ, तर कामको कारण मनुष्य जडताको सत्ता र महत्ता दिएर सुख चाहन्छ । जवतक जड्ताको सम्बन्ध छ, तवतक ‘काम’ छ । जड्तासँग सर्वथा सम्बन्ध विच्छेद भए पछि ‘प्रेम’ (Bliss) हुन्छ ।
        ‘काम’ आफूमा छ “रसोअपास्य” (BG-2-59) । आफूमा हुनाले नै कामहरुको लागि आफू वाधा हुन्छ । यदि यो आफूमा नहुँदो हो,  अर्को इन्द्रियहरु, मन, वुद्धिमा भएको भए हामीलाई के वाधा हुन्थ्यो ? आफूमा ‘काम’ हुनाले नै  स्वयं सुखी दु:खी हुन्छ । कर्ता भोक्ता हुन्छ । वास्तविक दृष्टिबाट हर्ने हो भने ‘काम’ आफूले मानेको हो । आफूमा छँदै छैन, त्यसकारण यो मेटिन्छ । अत: ‘काम’ आफूमा छ, तर मानेको रुपमा मात्र छ ।
        अहम्‍मा रहने चिजलाई मानिस आफ्नो मान्दछ । आफूमा रहने अहम् मानिसको हो  र यस अहम्‍मा ‘काम’ रहन्छ । अत: जबतक अहम् छ, तबतक अहमको जातिय आकर्षण अर्थात ‘काम’ हुन्छ । जब अहम् रहँदैन तब स्वयंको जातिको आकर्षण प्रेम हुन्छ । कामको संसारको तर्फ र प्रेमको परमात्माकोतर्फ आकर्षण हुन्छ । सम्पुर्ण त्रिलोकको अनन्त व्रह्माण्ड ‘विषय’ हो । विषय इन्द्रियहरुको एक देशमा छ । इन्द्रीयहरु मनको एक देशमा हुन्छ । मन वुद्धिको एक देशमा छ । वुद्धि अहमको एक देशमा हुन्छ । र अहम् चेतन (स्वरुप)को एक देशमा रहन्छ । अत: चेतन अत्यन्त महान छ । जसको अन्तर्गत सम्पुर्ण त्रिलोकका अनन्त व्रह्रमाण्ड बिध्यमान छ । परन्तु अपरा प्रकृतिको एक अंश अहम्‍को साथ आफ्नो सम्वन्ध जोड्नाको कारण मनुष्य आफूलाई अत्यन्त सानो (एकदेशीय) देख्दछ ।
‘कर्मयोग’द्वारा  कामनाको नाश सुगमतासँग भैहाल्दछ । किन कि कर्मयोगको मानीसहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमतत्त्व ( Heighest Truth) प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् । आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् । उनीहरु हरेक कार्य निष्कामभावसँग  (stainless) अर्काको हित र सुखको लागि गर्दछन् । उनीहरु सँग जो समय (Time), समझ(knowledge), सामग्री (Resources) र सामर्थ्य (Ability) छ, ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको छ, पछि विछोडिन सक्छ । त्यसकारण उनीहरु  तिनीहरुलाई आफ्नो कहिले सम्झदैन र निस्वार्थभावले (selflessly) संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् । यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ । कामनाहरूको सर्वथा नास भएपछि उसको अर्थात साधकको उद्धेश्यको पूर्ति भैहाल्छ । उनीहरुमा  आफूले आफूमा  र आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य भैहाल्छ ।

BY: Er. Mahesh Singh Kathayat DIGP Retd.
Senior Associate Professor

No comments: