Popular Posts

Monday, April 22, 2019

पारमार्थिक इच्छा ( Desire for Supreme Truth)


जब चेतन ( Conscious) आफ्नो सम्बन्ध जडसँग(innimate) मान्दछ, तब उसमा संसार अर्थात् भोक्तृत्व ( Possession ) को पनि इच्छा हुन्छ र परमात्माको (Supreme Spirit)  पनि इच्छा हुन्छ । जडसँग सम्बन्ध मानाले जिवको यही भूल हुन्छ कि उ सत-चित- आनन्द स्वरुप परमात्माको इच्छा, अभिलाषालाई संसारबाट पनि पुरा गर्नको लागि संसारिक पदार्थहरु इच्छा गर्न थाल्छ । परिणाम स्वरुप उसको यि दुवै इच्छाहरू स्वरुपबोधको ( soul realization) बिना कहिले पनि मेटिदैन ।
        संसारलाई जान्नको लागि संसारसँग अलग (Divided) हुन र परमात्मालाई जान्नको लागि परमात्मासँग अभिन्न (Undivided) हुनु आवश्यक छ । वास्तवमा ‘स्वयं’(Soul) को संसारसँग भिन्नता र परमात्मासँग अभिन्नता छ । परन्तु संसारको इच्छा गर्नाले ‘स्वयं’ संसारसँग आफ्नो भिन्नता या समीपता मान्द । जो कहिले पनि सम्भव छैन । हो, संसारिक इच्छाहरुलाई मेटाउनको लागि पारमार्थिक इच्छा गर्नु वृहत उपयोगी छन। यदि परमार्थिक इच्छा तीव्र भयो भने लौकिक इच्छाहरु स्वत: मेटिहाल्दछन। यदि लौकिक (worldly) इच्छाहरु सर्वथा मेटियो भने पारमार्थिक (supernatural) इच्छा पुरा भैहाल्दछ । अर्थात नित्य प्राप्त परमात्माको अनुभव भैहाल्छ । कारण वास्तवमा परमात्मा सदा सर्वदा विद्यमान हुन्छ । तर लौकिक इच्छा भएको हुँदा उहाँको अनुभव हुँदैन ।
“यदा सर्वे प्रमुच्यन्ते कामा येउस्य हदिकिता: ।
अथ मत्योडमृता भवत्यज व्रह्म समश्नुते ।।“
                                         कठ. २//१४, वृहदा ४//
मानीसको हृदयमा स्थित सम्पुर्ण कामनाहरु  जब समूल नष्ट हुन्छन्, तब मरणधर्मा (law of death) मनुष्य अमर हुन्छ र यही (मनुष्यरुपी शरीरमानै) व्रह्मको भलिभाति अनुभव हुन थाल्दछ ।
जहि शत्रुं महाबाहो कामरूपं दुरासदम्” (BG-3-43) । ‘महावाहो’ को अर्थ हो ठुलो र वलवान भुजावाला अर्थात महावीर । अर्जुनलाई ‘महावाहो’  अर्थात  शुरवीर भन्नेर भगवान् यो लक्ष्य देखाउन हुन्छ कि तिमी यस ‘काम’ (Desire) रुप शत्रुको दमन गर्न समर्थ बन्न ।
संसारसँग सम्वन्ध राखेर ‘काम’को नाश गर्न धेरै कठिन छ । यो ‘काम’ ठुला ठुलाहरुको विवेकलाई (wisdom) समेत ढाकेर उनीहरुलाई कर्तव्यबाट च्यूत गरिदिन्छ । जसले गर्दा उनीहरुको पतन हुन्छ । त्यसैले भगवानले यसलाई दुर्जय शत्रु (Invincible Enemy) भन्नुभएको छ ।
        कुनै एक कामनाको उत्पत्‍ति, पूर्ति, आपूर्ति र निवृत्ति हुन्छ । यसैकारण मात्र  कामनाहरु उत्पन्न र नष्ट हुनेवाला हो । परन्तु ‘स्वयं’ निरन्तर रहिरहन्छ र कामनाहरूको उत्पन्न तथा नष्ट भएको जान्दछ । अत: कामनाहरूसँग उसले सुगमतापुर्वक सम्बन्ध विच्छेद गर्न सक्दछ । किन भने वास्तवमा कामनाहरूसँग उसले सम्बन्ध छँदै थिएन । यसकारण साधकहरुले (मानीसहरुले) कामनासँग घवराउन हुँदैन । यदि साधकलाई आफ्नो कल्याणको पक्का उद्धेश्य छ, भने उसले त्यस ‘काम’ (कामनाहरू) लाई सुगमतापुर्वक मार्न सक्छ ।
कामनाहरुको त्यागमा अथवा परमात्मा प्राप्तिमा सवै मानीसहरु स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छन् । परन्तु कामनाहरुको पूर्तिमा कोही पनि स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छैनन् । यसकारण कामनाहरु पुरा हुनेवाला छँदै छैन । परमात्माले मानव शरीर आफ्नो (मानीसहरुको) उद्धेश्य मुक्ति प्राप्तिको लागि दिएको हो । अत: कामनाको त्याग गर्न कठिन छैन । संसारिक भोग पदार्थहरुलाई महत्व दिनाको कारणले नै कामनाको त्याग कठिन लागेको हो ।
        सुख (अनूकुलता) को कामनालाई मेटाउनको लागि नै भगवान् समय-समयमा दु:ख (प्रतिकूलता) पठाउनु हुन्छ । ताकि सुखको कामना नगरुन भनेर । कामना गरियो भने दु:ख पाउन नै पर्दछ । संसारिक पदार्थहरुको कामनावाला मनुष्य दु:खबाट कहिले पनि बँच्न सक्दैन । यो नियम हो । किन कि संयोग-जन्य भोग  नै दु:खको ‘हेतु’ हो (BG-5-22)
        ‘स्वय’ (स्वरुप) मा अनन्त बल छ । उसको सत्ता र बललाई पाएर बुद्धि, मन र इन्द्रियहरु सत्तावान एवं बलवान् हुन्छन । परन्तु जडसँग सम्वन्ध जोड्नाको कारण उ आफ्नो  बललाई भुलिरहेको हुन्छ । र आफ्नो वुद्धि, मन र इन्द्रियहरुको अधिनमा मानीरहेको छ । अत एवं ‘काम’ रुप शत्रुलाई मार्न को लागि आफूले आफूलाई जान्नु र आफ्नो वललाई चिन्नु पर्दछ । ‘काम’ जडको सम्बन्धबाट र जडमा नै हुने गर्दछ । जडको सम्बन्ध रहेन भने त ‘काम’ छँदै छैन । यसकारण यहाँ ‘काम’लाई मार्ने भन्नुको तात्पर्य वस्तुत: ‘काम’को सर्वथा अभाव (absence) बनाउनु नै हो । यसको विपरित यदि ‘काम’ अर्थात कामनाको सत्तालाई मानेर उसलाई मिटाउने चेष्टा (प्रयास) गरियो भन्ने, कामना मेटिन कठिन छ । किनभने वास्तवमा कामनाको स्वतन्त्र सत्ता छँदै छैन । कामना उत्पन्न हुन्छ र उत्पन्न हुनेवाला वस्तु नष्ट हुन्छ । यो नियम हो । नयाँ कामना नगरेमा, पहिलेको कामना आफै नष्ट भैहाल्छ । यसकारण कामना मेटाउने भन्नेको नयाँ कामना नगर्नु ।
शरीरादी संसारिक पदार्थहरुलाई ‘म’, ‘मेरो’ र ‘मेरो लागि’ मान्नाले आफूमा अभाव (कमी) अनुभव हुन्छ । तर मनुष्य भुलले (By mistake) गर्दा, यस कमीको (अभाव) पूर्ति संसारिक पदार्थबाट नै गर्न चाहन्छ । त्यसैकारण ऊ ति पदार्थहरुको कामना गर्दछ । परन्तु वास्तवमा आजतक संसारिक पदार्थहरूबाट कुनै पनि कमीको (अभाव) पूर्ति भएको छैन, हुँदैन पनि र पूर्ति हुन सक्दैन । किन कि स्वयं अविनासी छ र पदार्थ नाशवान छ । स्वयं अविनासी भएर पनि नाशवानको कामना गर्नाले लाभ  हुँदैन हुँदैन । यसकारण भगवान् कामनालाई शत्रु बताउँदै त्यसलाई मार्न आज्ञा दिनुहुन्छ ।
        ‘कर्मयोग’द्वारा यस कामनाको नाश सुगमतासँग भैहाल्दछ । किन कि कर्मयोगको साधकहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमात्मा प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् । आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् । उनीहरु हरेक कार्य निष्कामभावसँग अर्काको हित र सुखको लागि गर्दछन् । उनीहरु सँग जो समय, समझ, सामग्री र सामर्थ्य छ, ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको छ, पछि विछोडिन सक्छ । त्यसकारण उनीहरु  तिनीहरुलाई आफ्नो कहिले सम्झदैन र निस्वार्थ भावले संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् । सवैलाई पुराका पुरा संसारको सेवामा लगाइदिन्छन्
        कर्मयोगी मानीस  आफ्ना लागि केही पनि गर्दैनन् । आफ्नो लागि केही पनि चाहँदैनन् र आफ्नो केही कुरालाई अर्थात वस्तुलाई मान्न पनि मान्दैनन् । यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ । कामनाहरूको सर्वथा नास भएपछि उसको उद्धेश्यको पूर्ति भैहाल्छ । उनीहरुमा  आफूले आफूमा नै र आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य भैहाल्छ । अर्थात उनीहरुको लागि केही पनि गर्नु (Nothing do), जानु ( Nothing know)र पाउनु ( Nothing to get) बाँकी रहँदैन ।
भगवानले इन्द्रियहरु मन र वुद्धिको नाम लिनुभयो तर अहम्‍को (Ego) नाम लिनुभएन । अहम् वुद्धि भन्दा पर छ । भगवद् गीतामा (BG-7-4) पनि भगवान्‍ले वुद्धि पछि, अहम्‍लाई लिनुभयो । ‘भूमिरापोअनलो वाय: ख मनो वुद्धिरेव च । अहङ्कार इतियमे ... । अत यहाँ पनि ‘ पदबाट अहम्‍मता बस्ने ‘काम’लाई लिनुपर्दछ । जबतक स्वरुपको साक्षात्कार हुँदैन तबसम्म अहम्‍मा काम रहन्छ । स्वरुपको साक्षात्कार भएपछि अहम्‍मा काम रहँदैन –“पर दृष्टवा निवर्तते ।“ (BG-2-31) । सुख स्वरुपमा छ, तर कामको कारण मनुष्य जडताको सत्ता र महत्ता दिएर सुख चाहन्छ । जवतक जड्ताको सम्बन्ध छ, तवतक ‘काम’ छ । जड्तासँग सर्वथा सम्बन्ध विच्छेद भए पछि ‘प्रेम’ (Bliss) हुन्छ ।
        ‘काम’ आफूमा छ “रसोअपास्य” (BG-2-59) । आफूमा हुनाले नै कामहरुको लागि आफू वाधा हुन्छ । यदि यो आफूमा नहुँदो हो,  अर्को इन्द्रियहरु, मन, वुद्धिमा भएको भए हामीलाई के वाधा हुन्थ्यो ? आफूमा ‘काम’ हुनाले नै  स्वयं सुखी दु:खी हुन्छ । कर्ता भोक्ता हुन्छ । वास्तविक दृष्टिबाट हर्ने हो भने ‘काम’ आफूले मानेको हो । आफूमा छँदै छैन, त्यसकारण यो मेटिन्छ । अत: ‘काम’ आफूमा छ, तर मानेको रुपमा मात्र छ ।
        अहम्‍मा रहने चिजलाई मानिस आफ्नो मान्दछ । आफूमा रहने अहम् मानिसको हो  र यस अहम्‍मा ‘काम’ रहन्छ । अत: जबतक अहम् छ, तबतक अहमको जातिय आकर्षण अर्थात ‘काम’ हुन्छ । जब अहम् रहँदैन तब स्वयंको जातिको आकर्षण प्रेम हुन्छ । कामको संसारको तर्फ र प्रेमको परमात्माकोतर्फ आकर्षण हुन्छ । सम्पुर्ण त्रिलोकको अनन्त व्रह्माण्ड ‘विषय’ हो । विषय इन्द्रियहरुको एक देशमा छ । इन्द्रीयहरु मनको एक देशमा हुन्छ । मन वुद्धिको एक देशमा छ । वुद्धि अहमको एक देशमा हुन्छ । र अहम् चेतन (स्वरुप)को एक देशमा रहन्छ । अत: चेतन अत्यन्त महान छ । जसको अन्तर्गत सम्पुर्ण त्रिलोकका अनन्त व्रह्रमाण्ड बिध्यमान छ । परन्तु अपरा प्रकृतिको एक अंश अहम्‍को साथ आफ्नो सम्वन्ध जोड्नाको कारण मनुष्य आफूलाई अत्यन्त सानो (एकदेशीय) देख्दछ ।
कर्मयोगद्वारा  कामनाको नाश सुगमतासँग भैहाल्दछ किन कि कर्मयोगको मानीसहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमतत्त्व ( Heighest Truth) प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् उनीहरु हरेक कार्य निष्कामभावसँग  (stainless) अर्काको हित सुखको लागि गर्दछन् उनीहरु सँग जो समय (Time), समझ(knowledge), सामग्री (Resources) सामर्थ्य (Ability) , ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको , पछि विछोडिन सक्छ त्यसकारण उनीहरु  तिनीहरुलाई आफ्नो कहिले सम्झदैन निस्वार्थभावले (selflessly) संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ कामनाहरूको सर्वथा नास भएपछि उसको अर्थात साधकको उद्धेश्यको पूर्ति भैहाल्छ उनीहरुमा  आफूले आफूमा  आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य प्राप्त-प्राप्तव्य भैहाल्छ

BY: Er. Mahesh Singh Kathayat DIGP Retd.
Senior Associate Professor

No comments: