Popular Posts

Wednesday, August 30, 2017

Gaura Festival of far western region of Nepal "गौरा पर्व"

गौरा पर्व
.
पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेका यस पर्वमा गौरी अर्थात पार्वतीको पुजाअर्जना गरिन्छ ।
यो पर्व भाद्र महिनामा नेपालको
. सुदूरपश्चिम तथा मध्यपशचिमाञ्चलमा मनाइन्छ ।सु प मा महत्वपुर्ण पर्वको रुपमा गौरापर्वलाई लिइन्छ ।परापूर्वकाल देखि डोटी र कुमाउँमा भाद्र शुक्ल षञ्चमी देखि अष्टमी सम्म विभिन्न कार्यक्रम गरी मनाईन्छ ।भाद्र महिनाभरी पनि यो पर्व मनाइन्छ ।यसलाई मनाउने चलन फरक फरक भएता पनि निम्न विधिबाट यो पर्व मनाइन्छ ।
1 पहिलो दिन बिरुडा पञ्चमी
गैरापर्वमा महिलाहरु निराहार बसी आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा विरुडा अर्थात गहुँ ,केराउ ,गहत , मास र गुरुँस गरी पञ्च अन्न दीप बालेर पुजा गरेर भिजाउँछन ।
2 दोश्रो दिन
भिजाएको बिरुडा लिएर सबै महिला नजिकको पानीको मुहान भएको ठाउँमा गइ धुने गर्दछन ।
3 तेस्रो दिन
.धोएको विरुडा ,धान ,साउँ ,गुभो ,अपामार्ग फूल लगायका बिरुवाबाट गौराको मूर्ति बनाइनछ । यो कार्य चेलिबेटीहरु गर्दछन । निङगलो वा बाँसको चोयाबाट निर्मित टोकरीमा गौरादेवीको प्रतिमा बनाईन्छ ।
बाजा गाजाका साथ बेलुकिपख
गीत गाएर गौरा घरमा ल्याइन्छ ।
#बारै बार आसेइ लोली मइ माईत बोलाएइ .......
मन्दिरमा गौरा भित्र्याइन्छ ।
निराहार महिला .अरु भक्तजन पनि आउने गर्दछन ।
महिलाहरु दुधागो र सप्तमी ,पुजा सामाग्री साथ पुजागरी देउडा खेल्दछन ।
सप्तमी भन्नाले एउटा डोरीमा सातवटा गाँठा पारिन्छ त्यसैलाई अबसेक गरी घाँटीमा लगाएर खाना खाइन्छ ।
4.अषठमी या अठेवाली
बाजागाजाका साथ लोली गमरा देवीलाई चेली बेटीहरु गौरा खलोमा पुरयाउँछन ।
.
महिलाहरु अठेबाली भन्दछन र अरु ठाडो खेल ,धुमारी लोक देउडा खेल्ने गर्दछन ।
पछि बिरीडा फलफुलहरुलाई चारै दिशा पर्ने गरी चाधरले जोडले आकाश तिर फाल्ने गर्दछन ।
त्यो बिरुडा सबैले मान्य ज्यूबाट लगाइन्छ ।
त्यस चलन अनुसार सेलाउने वा आर्को बिसेस दिन राख्ने निर्णय हुन्छ ।
दिनभरी सबाल जबाफ ,ठाडो खेल ,लोकदेउडा खेल्ने गरिन्छ ।
गौरागीत
हल्लोरी वाला कल्लोरी ........2
यो मेरो वाला लीसनी लोटयो
लीसनी लोटयो जिऊँ हो लिसनी लोटयो ।
सासु वरालीले हेरी दिथ्यो वालो हेरी दिन्थ्यो ।
हल्लोरी वाला हल्लोरी ........2
गौराबिशेष
.

ढुस्को
हाई
को लोग छन गोकुल पुरी
बिडी महादेव गोकुल पुरी
नन्द यसोदा गोकुल पुरी
केउ काज छन गोकुलपुरी
किसनका छटी गोकुल पुरी