Popular Posts

Wednesday, December 11, 2013

Kathayat (Kathait) From Simla (Extract from the book Erika and King)



There was a Nepalese in Shimla Mr. Kathait, the manager of the Shimla Bank, a small, diffident man with the smooth, still face of the Nepalese. He seemed pleased that I was to visit his country. He was the only person in Shimla who could tell me anything about Nepal, but now, as I look back on it, I realize that he really told me nothing at all. His answers slid away from my questions and hid themselves behind his polite smile. "When I asked him about the King and the King's two queens that smile appeared on his face with the abrupt- ness of a slammed door. But he did agree that I should take a present for the Senior Queen, and when I asked him for letters of introduction to his friends in Katmandu he reluctantly produced one. This was to the Commander in Chief of the Nepalese Army, a man whose name, also, was like the opening crash of a military band Major General Baber Shams her Jung Bahadur Rana; and if, at that time, I was curious about the marked similarity between this name and that of the Director-General of Foreign Affairs, then the curiosity did not last long. I noticed this first when I went to the Nepalese Post Office. There were two post offices in Katmandu, one Indian and one Nepalese. I learned that to post my letters to Mother at the Nepalese office would mean an unconscionable delay, so I took them to the Indian Post Office. But her letters for me arrived at the Nepalese office. Early in my stay I went there to tell the Postmaster that he might expect letters for me daily. The office was a derelict little house crouched in a scrubby garden. Inside was a dark room, a floor of uneven stone, a wall pigeonholed for letters, a row of clerks at their desks, and, beyond, the Postmaster's room. I went to him and said, "Namaskar, Postmaster. May I please collect my letters from you every morning? They are from my mua-ji in Shimla who worries about me." "Madam, of course," he said, and bowed. On his cap I saw the same little picture frame I had seen on the cap of the official who met me at Thankot, and 'in it the same portrait of the Prime Minister, with hooped mustache and pince-nez. "Master-ji," I said, "why do you wear the Maharaja's picture in your hat?" "Because we are very proud of His Highness, madam." "But does no one wear the King's picture?" He did not answer. He smiled, just as Mr. Kathait had smiled. I had brought with me Mr. Kathait's letter of introduction to General Baber Shams her Jung Bahadur Rana, Commander in Chief of the Army, and I asked Doctor Siddhimani where the General might be found. I was told that he could be seen every morning, riding on the maidan at eight o'clock, and there, the next morning, I found him. He was a fine man, bold in carriage if stoutish, his face fierce with a bristling mustache. I namashkared him when he passed, and at this unexpected greeting from a European he halted his horse, saluting. "Good morning, madam. What are you doing in Katmandu?" "The Prime Minister?" "His Royal Highness the Maharaja Mohan Shams her Jung Bahadur Rana," said Dr. Siddhimani, as if he were reciting, and I was too surprised to realize that here was one more permutation of the name possessed by the Foreign Minister and Mr. Kathait's friend the Commander in Chief. I could think only that among all the things I had packed in Shimla, the new clothes I had brought, there was nothing that I could wear for a formal presentation to a maharaja, no hat, no gloves. I said, "Doctor Sahib! I wasn't told it would be like this. I have nothing fitting to wear. I cannot go." I knew only his name perhaps Doctor Siddhimani had told me, or Mr. Kathait, I do not remember. I knew his name (or part of it, for in full it stretched over twenty words and more). He was His Majesty the Maharajadhiraja Tribhuvana Bir Bikram Shah Deva, King of Nepal and the incarnation of Lord Vishnu the Preserver. Tribhuvana, I learned, means he who dwells in the three worlds, material and spiritual, of human existence.

Monday, December 9, 2013

When Kateheriya (Rajputs) became the Kathayat (180 years) old Document-Bombahadur Singh Kathayat













                  Important stages of this document

1. In Head line it is written that " Paheli pratham Faridnagar hoi Duryodhan Singh Kumaon asaya Dharma hi Gadbad bai asaya" So this doc says one clan of Katheriya Duryodhan singh move to Kumaon due to problem in religion .

2. After Bawani Singh (Katheriya  ) - 13 " Katheriya ka Kathayat bhaya" from katheriya this clan started write kathayat family Title.

3. In the reign of King Hari shahi of then Doti Kingdom , our ancestor  Bima Kathayat -71 went to East of Kali river  Then  Doti Kingdom ( currently in  Nepal ) and other parts of Present Nepal and worldwide, Those who  remain in Kumaon also spreaded  other parts of India and worldwide.

4. Me Mahesh Singh Kathayat is 9th decedent  of Ratan  Kathayat  from Ram /Ratan kathayat-77 .
5. This is my contribution to our clan ( Katheriya, kathayat, kathait, kathet) after the long ( 30 years) of my life. Please be proud of your history !!!!!!!!!!!!!!!!!!!. And please add more information  if possible.

Tuesday, December 3, 2013

Kateher ( Rohilkhanda), Kumanon and Doti Kingdoms Relations (12-18 Century)

१.कठेर (रोहिलखण्ड), कुमाउँ र डोटी राज्यको ऐतिहासिक परिचय :
भारत वर्षको प्राचीन इतिहासको मान चित्रण हालको रोहिलखण्ड (कठेर) क्षेत्र प्राचीन पञ्चाल (१२००११०० BC) राज्यको राजधानी थियो । महाभारतकालीन पञ्चाल राज्य राजधानीको रूपमा हालको बरेली जिल्ला अन्र्तगत अछिछतरा (Achichhatra) सहरमा रहेको पौराणिक किल्लाले यस राज्यको वैभवलाई देखाउँदछ । (परिशिष्ठ१) । यस पञ्चाल राज्यको पूर्वमा कुरू राज्य उत्तरमा हिमालय र गंगा नदी उत्पत्ति (गंगोत्री) थियो । साथै यो क्षेत्र उत्तर तथा दक्षिणतर्फ पञ्चाल राज्यमा विभाजित भएको थियो ।
          उत्तर पञ्चाल राज्यको राजधानी हालको बरेली जिल्ला अन्र्तगत अछिछतरा सहरमा थियो । साथै दक्षिण पञ्चाल राज्यको राजधानी हालको फारूकावाद जिल्ला अन्र्तगत कमपिल्या थियो । उत्तर र दक्षिण पञ्चाल राज्यमा सोमका (Somaka) र सीरिन्जया (Srinjay) वंशका क्षत्रीय राजपूतहरूले राज्य गर्ने गर्दथे । यी कुराहरू महाभारत एवंम् पुराणहरूमा समेत उल्लेख गरेको पाईन्छ । राजा दु्रपद सोम वंशजका थिए । यिनकी छोरी द्रौपतीले पाण्डवहरूसँग विवाह गरेकी थिइन् । पाण्डवहरुको (महाभारत एवंम् पुराणहरूका अनुसार) शासकहरू (राजा) भरत वंशका थिए ।
मगधका नन्द वंशले यस क्षेत्रलाई अधिन गर्नुअघि वास्तवमा पञ्चाल राज्य धेरै समयसम्म गणराज्यको रूपमा  रहेको थियो । यहाँ वंशानुगत राज्य व्यवस्था थिएन । पछि मगध राज्यको वढ्दो साम्राज्यवादी शक्तिको अगाडि यो राज्य टिक्न सकेन र मगधका नन्द वंशजको राज्यकाल सन् ४२४३२१ BC मा पञ्चाल राज्य पनि मगध राज्यमा गाभिन पुग्यो । नन्द वंशजको राज्य कमजोर भएपछि ३२११८४ BC तिर पञ्चाल राज्य मौर्य वंशज (MAURYA) को अधिनमा हुन गयो । चन्द्र गुप्त मौर्य वंशजका प्रसिद्ध राजा थिए । यसरी मौर्य वंशजको शासनकालको अन्त्यतिर यस क्षेत्रमा पुनः ससाना स्वतन्त्र राज्यहरू स्थापना हुन पुगे । यसले गर्दा पञ्चाल क्षेत्रले भारतको इतिहासमा महत्वपूर्ण स्थान लिन पुग्यो । वास्तवमा मौर्य वंशजको अन्त र गुप्त बंशको सुरूवात हुनु अगाडीको मध्य समयमा पञ्चाल क्षेत्रलाई दुई भागमा वाँडन सकिन्छ । पहिलो कुषान (Kushana)  युग जो १५० BC१२५ AD सम्म रहेको छ । दोस्रो चरणको सुरूवात कुषानहरूको अन्त पछिको समयलाई लिइन्छ । जसको अन्त्य सन् १२६३५० AD तिर भएको हो । त्यसपछि यो क्षेत्र गुप्त बंशजको प्रसिद्ध सम्राट समुन्द्र गुप्तको साम्राज्यमा समाहित हुन पुग्यो । गुप्त वंशको शासनकाल छैठौ शताव्दीको मध्यसम्म रहेको थियो । गुप्तवंशको अन्त्यपछि पञ्चाल राज्य माउकरिस (MAUKKARIS) वंशजको अधिनमा पुग्यो । यस वंशजका प्रसिद्ध राजा हर्ष थिए । राजा हर्ष (Harsa) ले सन् ६०६६४७ सम्म राज्य गरेको देखिन्छ । यिनै राजाको राज्यकालमा चिनिया यात्री हु एन साङ (Hiu en Tsang) सन् ६३५ मा नेपाल आएका थिए ।
राजा हर्ष (Harsa) को शासनकाल समाप्तीसँगै पञ्चाल राज्यमा ठूलो गडबडी भयो । धेरै अनिश्चितताको स्थिति रह्यो । यसको फाईदा उठाएर सन् ७२५७५२ तिर यो राज्य कनौज (Kannunj) राजा यशोबर्माले नियन्त्रणमा लिए । तर नवौं शताब्दीतिर यस राज्यलाई गुरजारा प्रतिहारास् (Gurjara Pratiharas) वंशजहरूले आफ्नो अधिनमा लिन सफल भए । यस वंशजले दशौं शताब्दीसम्म पञ्चाल क्षेत्रमा एकछत्र राज्य गरेको पाइन्छ । तर दशौं शताब्दीको मध्यतिर भारतमा अफ्गानिस्तानका मोहमद गजनि (Mahumd Gajani) को आक्रमणको कारण गुरजारा प्रतिहारास् (Gurjara Pratiharas) वंशजको राज्य सत्ता कमजोर हुन पुग्यो । विस्तारै पञ्चाल क्षेत्रको राज्यशक्ति हाल बडुवान (Badaun) त्यसबेलाको भोडामायुता (Vodamayuta) का राष्ट्रकुटा (Rastrakuta) बंशजका लखानपालाको नियन्त्रणमा रहन पुग्यो । तर यिनीहरूको अन्त्य सँगसँगै सन् ११९५ मा यिनीहरूका सामन्तको रूपमा रहेको क्षत्रीय कठेरिया राजपूतहरूले आपूmलाई स्वतन्त्र घोषणा गरी विभिन्न ससानो राज्य स्थापना गर्न पुगे । यसरी १२औं शताब्दीको शुरु देखी नै पञ्चाल क्षेत्र (कठेर) मा कठेरिया राजपुतहरुको स्वतन्त्र राज्य स्थापना भएको पाईन्छ । कठेरिया क्षत्रीय राजपूतहरूले दिल्लीका शासकहरूसँग अविरल रूपमा ४०० वर्षसम्म लडाइँ लडिरहेका कारण भारतको इतिहासमा प्रसिद्धि कमाएको पाइन्छ । कठेरिया राजपूतहरू एउटै वंशजका नभएर विभिन्न वंशजका थिए । यिनीहरूले (रोहिलखण्ड) कठेरका विभिन्न स्थानहरूमा राज्य कायम गरी शासन गरेको पाइन्छ ।
१२औं शताब्दीको सुरूवाततिर दिल्ली साम्राज्य (Delhi Sultanate) (परिशिष्ठ२) को स्थापना पूर्णरूपमा भइसकेको थियो । दिल्लीका मालुक वंशका तुर्क जातीका मुसलीम शासकले सत्ता लिईसकेका थिए । यस समयमा कठेर राज्य (हाल भारतवर्ष अन्र्तगत उत्तरप्रदेश राज्यका आठ जिल्लाहरू रहेका थिए (परिशिष्ठ३) । उनिहरुले आफ्नो राज्य विस्तार गर्नको लागी पश्चिम पूर्व तिर अगाडी वढी रहेका थिए, दिल्लीको पूर्वमा अवस्थित कठेर राज्य थियो । यो क्षेत्र बाक्लो जगंलले घेरिएको हुँदा जंगली जनावरहरूको लागि राम्रो स्थान थियो । घना जंगलकै कारण दिल्ली साम्राज्यविरूद्ध लड्न स्थानिय क्षत्रीय कठेरिया राजपूतहरूको लागि पनि सजिलो थियो । यसै कारण कठेरिया राजपूतहरूले पछी सम्म पनि लगातार ४०० वर्षसम्म दिल्लीका विदेशी शासकविरूद्ध हतियार उठाई नै रहेको इतिहासमा पाइन्छ । सर्वप्रथम यिनीहरूले माम्लुक (Mamluk) वंशजका सुल्तान नासिर उद्धिन महोमद (Nasir Uddin Mahmud) सन् १२४६१२६६ का विरूद्ध सन् १२५३ मा विद्रोह गरेका थिए (परिशिष्ठ२) । त्यसपछि यिनीहरूले सुल्तान नासिर उद्धिन मोहमुदका ज्वाइँ अर्थात् सुल्तान घियास उद्धिन वलवान (Ghiyas Udain Balban) सन् १२६६१८६ को विरूद्ध सन् १२६६ मा विद्रोह गरेका थिए । कठेरिया राजपूतहरूको विद्रोहलाई समाप्त गर्नको लागि सुल्तान वलवान (Balban) ले यस क्षेत्रको घनाजंगल फडानी गर्न समेत लगाएका थिए । हरेक विद्रोहलाई दवाउन दिल्लीका सुल्तानहरूले निर्दयतापुर्वक सो क्षेत्रलाई आक्रमण जारी राखिरहेका थिए । तर जब दिल्लीका सुल्तानको राज्यशक्ति कमजोर हुन्थ्यो त्यसवेला क्षत्रीय कठेरिया राजपूतहरूले यस क्षेत्रको पूर्व स्वतन्त्रताको लागि विद्रोह गर्ने गरेको पाईन्छ । त्यसै सिलसिलामा कठेरियाहरूले पुनः खिल्जी (Khilji) वंशजको राज्यकालमा सन् १२९० तिर जलाल उद्धिन फिरोज खिल्जी (सन् १२९०१२९६) विरूद्ध बिद्रोह सुरू गरेका थिए । हरेक पटक कठेरियाहरूले गरेको विद्रोह दवाउन दिल्ली सुल्तानहरूलाई समस्या थियो । यस क्षेत्रमा (कठेर) पूर्ण नियन्त्रणमा लिन प्रयास अविरल रूपमा भई रहन्थ्यो । तर विभिन्न कारणले गर्दा दिल्लीको सो प्रयास सफल हुन सकेको थिएन । दिल्लीमा (Tughlag) तुगलक वंशजले राज्य सत्ता लिएपछि पुनः कठेरियाहरूले फिरोज शाह तुग्लकको सन् १३५११३८० राज्यकालमा सन् १३७९ मा विद्रोह गरेको देखिन्छ । भारत वर्षको इतिहासमा दिल्लीमा समयसमयमा विभिन्न वंशजका मुसलमानहरूले पनि सत्ता कब्जा गर्ने गरेको देखिन्छ । तुग्लक वंशको अन्त्यसँगै दिल्लीमा साईद (Sayyid) वंशजले सन् १४१४१४५१ सम्म राज्य गरेका थिए । साईद (Sayyid) वंशजलाई हटाएर लोदी (Lodi) वंशजले दिल्लीमा राज्य सत्ता स्थापित गरेका थिए । लोदी वंशजका दिल्लीका प्रशिद्ध सुल्तान सिक्दर लोदी सन् १४८९१५१७ को शासनकालमा समेत सन् १४९४ मा पुनः कठेरियाहरूले कठेरमा विद्रोह मचाउन सुरू गरेको पाईन्छ । यसरी कठेरिया राजपूतहरूले वडो अदम्य साहसकासाथ दिल्लीको शासन सत्तामा रहेका विदेशी शासकका विरूद्ध अविरल रूपमा लडाइँ गरेको देखिन्छ । दिल्लीका लोदी वंशजलाई मध्यएसिया (हालको उजवेकिस्थान) बाट आएका मुगल (Mugal) वंशजका सुल्तान वावरले सन् १५२६ मा पहिलो पानीपतको लडाइँमा विजय गरेर दिल्लीको राज्य सत्तामा कब्जा जमाउन सफल भए । तर कठेरिया राजपूतहरूले आफ्ना  विदेशी शासकहरू विरूद्धको लडाइँमा कुनै कमि भएन । उनीहरूले मुगल वंशज विरूद्ध पनि विद्रोहलाई कायम राखेका थिए । सोही कारण मुगलहरूले कठेर क्षेत्रलाई आफ्नो साम्राज्यमा गाभी कठेरियाहरूको राज्यको अन्त्य गर्ने प्रयास गरेका थिए । यो कार्यले मुगलवादशाह वावरका नाति अखवरको राज्यकालमा समेत निरन्तरता पाइनै रह्यो । यस क्षेत्रलाई पूर्णरूपमा नियन्त्रणमा लिन मुगल बादशाह अखवरले यस क्षेत्रमा अफ्गानी पठानको वस्ती विस्तार गर्ने कार्यको थालनी गर्न थाले । यसको मुख्य उद्देश्य कठेरिया राजपूतहरूलाई अधिनमा राख्नु थियो । अखवर वादशाहले गरेको कार्यलाई उनका नाति औरेगंजेव (Aurangazeb) सन् १६५८१७०७ ले समेत व्यापक रूपमा निरन्तरता दिएको पाईन्छ ।
कठेर राज्यमा वसोवास वसाल्न पठाएका अफगानिहरूलाई रोहिल्ला भनिन्थ्यो । रोहिल्लाको अर्थ पहाडको हावा अर्थात् (Mountain Air) हुन्छ । यसरी ४०,००० को ठूलो संख्यामा रहेका रोहिल्लाहरूको वस्ती विस्तार कठेर क्षेत्रमा मुगल सम्राट औरेङ्गजेवले धेरै छोटो समयमा नै गरेका थिए । पछि गएर रोहिल्लाहरूको ठूलो संख्यामा वृद्धि हुँदै गयो । यसरी रोहिल्लाहरूको वस्ती विस्तार औरेङ्गजेवको मृत्यु पछि पनि निरन्तर भइनै रह्यो । मुगल वादशाहहरुले रोहिल्लाहरूको यहाँ वस्ती विस्तार गर्ने प्रमुख उद्देश्य, यस स्थानमा शासन गरिरहेका कठेरिया राजपूतहरूलाई पूर्णरूपमा नियन्त्रण गर्नु थियो । किन कि कठेरिया राजपूतहरू सुरू देखि नै दिल्लीका वादशाहविरूद्ध विद्रोह गर्दै आइरहेका थिए ।  चार सय  (४००) वर्ष लामो संघर्ष गरेर पनि कठेर क्षेत्रलाई दिल्लीका वादशाहहरूले पूर्णरूपमा नियन्त्रणमा लिन सकेका थिएनन् । रोहिल्लाहरूलाई मुख्य रूपमा मुगल सेनामा जागिर दिएको थियो । रोहिल्लाहरू राम्रा लडाकु भएको कारण यिनीहरूलाई मुगल सेनामा इज्जतदार दर्जाहरू समेत दिने प्रचलन थियो । सन् १७३१ सम्म कठेर क्षेत्रमा वसोवास गर्ने रोहिल्लाहरूको (अफगानी) संख्या करीब १० लाखसम्म पुग्यो र यो क्षेत्र विस्तारैविस्तारै कठेरबाट रोहिलखण्ड नामले चिनिन थाल्यो । हाल रोहिलखण्ड (कठेर) मा उत्तरप्रदेश राज्य अन्र्तगत करीव ८ वटा जिल्लाहरू पर्दछन् (परिशिष्ठ३) । हाल यसको मुख्य सहरको रूपमा वरेली रहेको छ । यसरी ऐतिहासिक पञ्चाल क्षेत्र (कठेर) मा कठेरिया राजपूतहरुले १२औं शताब्दी शुरु देखी मुगल साम्राज्यको अन्त १८औं  शताब्दी सम्म पनि विभिन्न अवस्था र हैसियतमा राज्य गरेको पाईन्छ ।
बरेली शहरको बिषयमा
१२औं शताव्दीको मध्यतिर कठेरियाहरूले आफुलाई हाल वरेली क्षेत्रमा (खवार र अनोला Khabar and Anola) मा स्थापित गरिसकेका थिए । सुरुमा उनीहरू वडुवान (Vodamayta) का राष्ट्रकुटा बंशज राजाका सामन्त थिए । राष्ट्रकुटा बंशका राजपूतहरूको पतन पछि ई.सं. ११९५ मा कठेरिया राजपूतहरूले आफूलाई स्वतन्त्र राजा घोषणा गरी कठेर क्षेत्रमा राज्य गर्न थाले । कठेरिया राजपूतहरू विभिन्न बंशजका थिए । मुख्यतया यस क्षेत्रमा ४ बंशजका कठेरिया राजपूतहरूले कठेर (हालको उत्तरप्रदेश राज्यका ८ जिल्लाहरू) क्षेत्रमा राज्य गरेको देखिन्छ । तिनीहरूमध्ये १) गौर (Gaur) २) चौहान (Chauhan) ३) बाचल (Bachel) ४) राथोड (Rathore) थिए । उनीहरूले कठेर क्षेत्रका विभिन्न स्थानमा ई.सं. ११९५ पछि आफ्नो राज्य कायम गरी शासन गरेको पाईन्छ । यी चारै बंशजका कठेरिया राजपूतहरूले दिल्लीमा स्थापित मुसलमान राजाहरूसँग करीव ४०० वर्षसम्म लगातार युद्ध गरेका थिए (परिशिष्ठ२) मा समेत उल्लेख भईसकेको छ । हालको बरेली सहरको स्थापना १५औ शताव्दीमध्येतिर भएको थियो । यसको जग्ग राजा जगत सिंह कठेरियाले वसालेका थिए । राजा जगत सिंह कठेरियाले सन् १५०० मा विभिन्न गाउँ स्थापना गरी त्यसको नाम जगतपुर दिएका थिए । हाल पनि आधुनिक बरेली सहरको पुरानो भागमा जगतपुर वस्ती रहेको छ । सन् १५३७ मा राजा जगत सिंह कठेरियाका दुई छोरा बाशुदेव र बरेलदेव कठेरियाले हालको आधुनिक वरेली सहर स्थापना गरेका हुन् । उनीहरूकै नामबाट यस सहरको नाम बास बरेली रहेको हो । कालन्तरमा गएर छोटकरीमा यो शहर बरेलीको नामले प्रसिद्ध हुन पुग्यो । भारत वर्षमा मुसलमानहरूले कब्जा गरेपछि, यस क्षेत्रमा पनि दिल्लीका मुसलमान राजाहरूले कब्जा जमाउन सुरु गरे । दिल्ली र कठेरियाहरूबीच धेरै लामो लडाइँ चलिरहेको पाइन्छ । राजा अखवरको पाला सम्म पनि यो स्थान दिल्लीको पूर्ण कब्जामा आउन सकेको थिएन । राजा अखवरको समयमा कठेरियाहरूले ठूलो विद्रोह गरेर, त्यसलाई राजा अखवरले मुगल सेनापति अलमास अलि खानद्वारा दवाउन सक्षम भए । यस लडाइँमा बाशुदेव र बलदेव कठेरियाहरू, जो त्यसवेला बरेली तथा वरपरका आसपासका स्थानका शासक थिए मारिन पुगे । अन्ततः यो क्षेत्र मुगलहरूले आफ्नो राज्य विलय गर्न सक्षम भए । तैपनि मुगलहरूले यस क्षेत्रलाई पूर्ण रुपमा कब्जा लिन सकेका थिएनन् । राजा अखवरका नाती ओरेगजवले यस क्षेत्रमा अफ्गानिस्थानको रोउ भन्ने स्थानबाट भारी संख्यामा (चालिस हजार) पठानहरूलाई यस स्थानमा वस्ती विस्तार गर्न लगाए । तिनै पठानहरूलाई मुगल सेनामा भर्ती गराएर ठूलो पदसमेत दिन थाले । त्यसपछि विस्तारै कठेर क्षेत्र (हालको बरेली, रामपुर, मुरादवाद, वडुवान, शाहशाहापुर, पिलिभित्त आदि) अफ्गानिस्थानबाट आएका मुसलमानहरूको नामबाट रोहिलखण्डको रुपमा स्थापित हुन पुग्यो । यसरी अफगानवाट ल्याएका पठानहरुको कारण ‘‘धेरैजसो कठेरिया राजपूतहरू भागेर कुमाउँ गढवाल तथा नेपालको पहाडी क्षेत्रमा प्रवेश गर्न वाध्य भए (परिशिष्ट६) । केही कठेरिया राजपूतहरुले धर्म परिवर्तन गरी मुसलमान भएर त्यही स्थानमा वसोवास गरेको समेत पाईन्छ । मुसलमानहरु इसाईहरु जस्तै धर्म परिवर्तन गर्ने बिषयमा वडो ईच्छा राख्ने गर्दछन् । जसले धर्म परिवर्तन गरेर उनिहरुलाई आफ्नो समाजमा सजिलै घुलमिल गराउने चलन पनि उनिहरुमा थियो । धेरै कठेरिया राजपूतहरू अहिले पनि आफ्नो धर्म र संस्कृति कायम राखी यस क्षेत्रमा वसोवास गर्दछन् । केही कठेरिया राजपूतहरू लडाइँको शिलसिलामा तराई भावरमा रहेका आदिवासी सँग मिसिएर उनिहरुकै संस्कृति, चालचलनलाई आत्मसात गरेर रहेको समेत पाईन्छ ।
रामपुर शहरको विषयमाः
रामपुर दिल्ली साम्राज्यको एक भाग हुनु अगाडि यो पनि कठेर क्षेत्रमा पर्दथ्यो । यस क्षेत्रमा कठेरिया (कठेडिया) राजपुतहरूले शासन गर्ने गर्दथे । माथि उल्लेख भईसकेको छ कठेरिया राजपूतहरू ४०० वर्षसम्म अविरलरुपमा सन् १२००१६०० सम्म दिल्लीका वादशाह र पछि मुगल सम्राटहरू सँग युद्ध लडेका थिए (परिशिष्ठ२) । वास्तवमा रामपुर सहरको नाम राजा राम सिंह कठेरिया (कठेडिया) को नामबाट रहेको हो । पहिलेको कठेर क्षेत्र भित्र नै थियो । यस क्षेत्रमा भएको लामो र अपराजित युद्धबाट हैरान भएका मुगल सम्राटहरू यस क्षेत्रलाई पूर्णरुपमा कब्जा जमाउने हेतुले १७औ शताव्दीको सुरुमा अफ्गानिस्तानबाट भारी संख्या पठानहरुलाई यस क्षेत्रमा वसोवास गराउन प्रारम्भ गरे । यसरी  विस्तारै यस क्षेत्रमा अफ्गानी पठानको संख्यामा ठूलो वृद्धि हुन पुग्यो ।  यिनीहरू प्रायः मुगल सैन्यमा काम गर्ने गर्दथे । पछि आधुनिक रामपुर राज्यको स्थापना नवाव फईज उल्ला खानले सन् १७७४ मा गरेका थिए । यसरी कठेरिया (कठेडिया) राजपूतहरूलाई यस क्षेत्रबाट अफ्गानी पठानहरूको सहयोगमा हटाए पछि, यस क्षेत्रमा केही समय मुगलहरूको शासनको सुरुवात भयो । यस  भन्दा पहिला नबाब फैजउला खान थिए । उनीले यस क्षेत्रमा करीव २० वर्षसम्म राज्य गरे । यिनै पहिला नबावले राजा राम सिंह कठेरियाको नामबाट रहेको, यस सहरको नाम फैजावाद राख्ने प्रस्ताव गरेका थिए । तर भारतवर्षमा फैजावाद नामबाट अर्को सहर भएको हुँदा यसको क्षेत्रको नाम मुस्तफावाद राखियो । तर विभिन्न ऐतिहासिक कारणले गर्दा यो सहर हालसम्म पनि राजा राम सिंह कठेरियाको नामबाट रामपुरको रुपमा नै स्थापित भएको देखिन्छ । नबाव फैजउला खानको मृत्यु पछि उनका छोरा महोमद अलीखान नबाव बने । तर उनी अफ्गान रोहिल्ला सेनाहरुद्वारा मारिए । त्यसपछि महोमद अलि खानका भाई गुलाम महोमद खान नबाव हुन पुगे । भारतवर्ष अंग्रेजहरुले कब्जा जमाएपछी यस क्षेत्रमा अन्य नवावहरूले अंग्रेजहरूको संरक्षणमा यस स्थानमा शासन गरे । सन् १९४९ मा भारत स्वतन्त्रसंग रामपुर राज्य विशाल गणतन्त्र भारतमा विलय हुन पुग्यो ।
      
        
२. कठेर राज्य र कुमाउँ राज्यको सम्वन्धका बिषयमा
रोहिलखण्डको पुरानो नाम कठेर थियो यस विषयमा माथि उल्लेख भईसकेको छ । यस ठाउँमा पहिले घनघोर जंगल थियो । यहाँ अहिर (यादव) जातिका मानिसहरू बस्दथे । त्यसवेला हालको बरेली शहरको नाम टप्पा अहिराँ थियो । त्यहाँका मालिकहरू पनि अहिरहरू नै थिए । यिनीहरू ज्यादै बहादुर लडाकाहरू थिए । जब पश्चिमवाट आएका विदेशीशक्ति (मुसलमान) हरु भारत वर्षमा कब्जा जमाउन थाले । उनीहरूलाई दबाउन तिरहुतका राजा खड्क सिंहले राव हरि सिंहलाई कठेर क्षेत्रमा पठाए । राजा खड्क सिंह कठेर जातिका थिए । उनीहरूको वंशजको नामबाट नै  यस स्थानलाई कठेर या कठैड भनिएको हो । तर पछि रोहिल्लाहरूले यस राज्यलाई कब्जा गरे पछि मात्र रोहिलखण्ड भन्न थालिएको हो । यस बिषयमा कठेर क्षेत्रको प्राचिन इतिहाँसमा उल्लेख भईसकेको छ ।
      कठेरहरूमध्ये केही मानिसहरू पुवायाँ, खरल काठ वा गोलामा बस्न थाले । पहिले हाल उत्तर प्रदेशको शाहजहाँपुरको पुरानो नाम काठ वा गोला थियो । पछि मुगल बादशाह शाहजहाँको नामबाट शाहजहाँपुर भनिन थाल्यो । केही कठेरका मानिसहरू चौपलामा बस्न थाले, जो मुगल बादशाह शाहजहाँको छोरा मुरादको नामबाट मुरादावादको नामले चिनिन्छ । हाल भनिने गरिएको कठघर त्यो कठेरकै दोस्रो नाम हो । यहाँको राजा नरपति सिंह कठेरिया थिए । उनी कठेरिया वंशजका राजपूत थिए । कठेरिया राजाका दुई भाई बाशुदेव कठेरिया र वरलदेव कठेरियाहरूको संयुक्त नामबाट बाँसवरेली अर्थात् हालको बरेली सहर तथा बरेली जिल्ला स्थापना भएको हो ।  यस बिषयमा माथि उल्लेख भईसकेको छ ।
      कठेरिया राजा खड्गुले सन् १३८० मा वढायूँको नाबाव सैयद मुहम्मददिनलाई मारेका थिए । त्यसपछि यसको वदला लिन सुल्तान फिरोज शाह तुगलकको आक्रमणपछि राजा खड्गु भागेर उत्तर पूर्वको तराईतिर लागे । त्यहाँ राजा खड्गुलाई कुमाउँका महरहरूले सहायता दिएका थिए । त्यसैगरी सन् १४१८ (वि.सं. १४७५) मा सुल्तान खिज्रखाँले राजा हरि सिंह कठेरियालाई हराएर रामगंगा पारी कुमाउँ तर्फ भगाइदिए । तर सुल्तान खिज्रखाँ पहाडतिर जान आँट नगरी फर्किए । अब आफ्नो राज्यमा मुसलमानहरूद्वारा सताएपछि कठेरिया राजपूतहरूले तराई (पहाड फेदी वा भित्री मधेश) मा शरण लिन थाले । त्यहाँ आफ्नो कब्जा जमाउन सुरू गरे । सन् १४७६ मा कुमाउँका राजा गरूड ज्ञानचन्द दिल्ली दरवारमा गए तराई प्रान्त (भाब्बर) कुमाउँ राज्यको भएको हुँदा त्यहाँ आफ्नो अधिकार हुनुपर्ने दावीसमेत गरियो । दिल्ली सुल्तानले उनको ठूलो सम्मान गरे र गंगासम्मको प्रान्त कुमाउँ राजालाई दिए । केही समयपछि पुनः संवलका नवावले कुमाउँ राज्यको तराई भूभाग (भाब्बर)  प्रदेशमा आक्रमण गरी कब्जा जमाए । तत्कालिन कठेरिया वंशजका कुमाउँ राज्यका सेनापति निलु कठायतले नेतृत्व गरेको सेनाले ठूलो युद्ध गरी मुसलमानहरूलाई त्यहाँबाट हटाए । यसबाट निलु कठायतको कुमाउँ राज्यमा ठूलो सम्मान गरियो । त्यसवेला कुमाउँमा चन्द बंशजका राजाहरुले राज्य गर्दथे । उनिहरुको राजधानी चम्पावत थियो ।
कुमाउँ चम्पावतका पाचौं राजा कीर्तिचन्दले सन् १४८९ (वि.सं. १५४६) मा काशिपुर परगनस्थित जशपुरमा एउटा किल्ला बनाए । त्यसको नाम कीर्तिपुर राखे । सन् १५६८ (वि.सं. १६२५) मा काठ र गोलाका (शाहजहाँपुर) नावव हुसैनखाँ टुकडियाँले पुनः कुमाउँ राज्यको तराई भावरमा कब्जा गरे । तर उनी पहाडतिर कब्जा गर्न ईच्छुक भएनन् । त्यसवेला कुमाउँका राजा नै धनी राजाहरूमध्ये गनिन्थे । उनीहरूको राज्य विस्तार तिव्वतदेखि  लिएर संवलसम्म भएको पाईन्छ । यो कुरा "फरिस्ता" नामक मुसलमान इतिहासमा लेखिएको छ । मुसलमान इतिहासकारहरूले तराई भावरलाई "दामनकोह" या "दामनकोह" को नामले संवोधित गरेको पाइन्छ । एकपटक बादशाह अकवरको सेनापति सुल्तान इब्राहिम समेतले पनि यस क्षेत्रमा कब्जा जमाएका थिए ।
कुमाउँ चम्पावतका राजा रूद्रचन्द (सन् १५६८१५९७) ले पर्वतीय (पहाडी) सेनालाई जम्मा गरेर तराईबाट मुसलमानहरूलाई हटाएका थिए । सन् १५८८ मा उनी अकवर वादशाह कहाँ गएर तराईको बारेमा सिकायत समेत गरेका थिए । यिनै राजाले नागौरको लडाइमा बहादुरी देखाएका थिए । जसमा कुमाउँका सेनाले विजयश्री प्राप्त गरेको थियो । जसले गर्दा वादशाह अकवरले फेरि तराई भावरको भूभाग कुमाउँका राजालाई दिएका थिए । यिनै राजा रूद्रचन्दले तराई भावरको प्रबन्ध राम्रोसँग गरेर सन् १६०० मा रूद्रपुर नगरको स्थापना गरेका थिए । रुद्र चन्दपछी राजा बाजबहादुर चन्दको समयमा तराई भावर क्षेत्र ज्यादै राम्रो आवाद थियो । उनले हरेक वर्ष करीव ९ लाख रूपयाँ करको रूपमा असुल गर्ने गरेको पाईन्छ । सन् १६५१५२ मा कठेरिया राजपूतहरूले तराईका गाउँहरू कब्जामा लिए । सन् १६५४ मा कुमाउ (चम्पावत) राजा बाज बहादुर चन्द दिल्लीमा बादशाह कहाँ गए । सन् १६५४५५ मा उनलाई गढवालको लडाँइको लागि उनले सेना पठाइएको थियो । यसै लडाँइमा उनले देखाएको बहादुरीको कारण उनलाई "बहादुर" तथा "महाराजाधिराजको" पदवी मिल्यो । उनलाई चौरासी माल (तराई) को जमिदारी समेत प्राप्त भयो । कुमाउका राजालाई तराईमा जमिन्दार भनिन्थ्यो । तर कुमाउँमा उनी राजा नै रहेको पाईन्छ । वास्तवमा त्यसबेला प्राय राजा महाराजाहरुलाई जमिन्दार (सामन्त) नै भन्ने गरिन्थ्यो । राजा बाज बहादुर चन्दले दिल्लीको वादशाहको सहायता लिएर कठेरियालाई तराईबाट हटाएर पुनःआफ्नो अधिकार जमाएको पाईन्छ । साथै उनले तराईमा बाजपुर नामक नगर बसाएका थिए, जो अहिलेसम्म पनि भारत उत्तराञ्चल राज्यमा विद्यमान छ ।
        

३. कठेर, कुमाउँ र डोटी राज्यहरुको सम्वन्धका बिषयमा:
          १२१८औं शताव्दीसम्म कुमाउँमा चन्द वंशजले केही समय (परिशिष्ठ७) डोटी राज्यको करद सामन्त तथा स्वतन्त्र राजाको रूपमा राज्य गरेका थिए । कुमाउँका राजा भारती चन्द (वि.सं. १४९४१५०७) को समयमा काली कुमाउँ (चम्पावत) का चन्द राजाहरू डोटीका रैका राजाहरूका करद सामन्त थिए । उनीहरू कर बुझाएर शासन गर्ने राजाका रूपमा परिचित थिए । राजा भारती चन्द राजा भए पछी डोटीलाई कर तिर्न बन्द गरी दिए । फलस्वरुप डोटी र कुमाउँका राजाहरूवीच युद्ध हुने निश्चित भयो । राजा भारती चन्दले कुमाउँको बिशाल सेना लिएर काली (महाकाली) नदीको किनारमा वालीचौकल भन्ने स्थानमा डेरा बनाएर राखी दिए । कुमाउँका सेनाहरू डोटी राज्यको विभिन्न स्थानहरूमा लुटपाट सुरू गर्न थाल्ये । यसरी डोटीका राजाले पनि प्रतिआक्रमण शुरु गरे । १२ वर्षसम्म कुमाउँ र डोटीको बीचमा लडाइँ भयो । त्यति लामो समयसम्म लडाइँ भएको डोटी र कुमाउँ इतिहासमा पहिलो थियो ।
१२ वर्षसम्म आफ्नो बुवा भारती चन्द लडाइँमा संलग्न रहेको देखेर उनका वीर पुत्र कु.रत्न चन्दले कठेरका कठेरिया (कठेडिया) राजाहरूको सहायताबाट थप सेना जम्मा गरेर आफ्नो बुवालाई सहयोग पु=याए । यस लडाइँमा डोटीका रैका राजा कल्याण मल्लको हार भयो । उनीहरू मैदान छोडेर भागे । यसरी कुमाउँ राज्य डोटी राज्यबाट स्वतन्त्र हुन पुग्यो । राजा भारती चन्दको सुयोग्य पुत्र रत्न चन्द आफ्ना पिता जीवीत छँदै राजा हुन पुगे । राजा रत्न चन्दको समयमा कुमाउँ राज्यको प्रभाव निकै वढ्यो । कठेर (रोहिलखण्ड) का कठेरिया राजाहरूसित पनि राम्रो मैत्री सम्वन्ध हुन पुग्यो ।
राजा रत्न चन्दको मृत्यु पछी उनका छोरा वाज बहादुर चन्द राजा भए । वि.सं. १६९५१७३५ सम्म बाजबहादुर चन्द राजा हुँदा दिल्लीमा मुगल सम्राट शाहजहाँ  थिए । उनको मृत्यु पछि औरजेव सम्राट बने । त्यसले राजा बाजबहादुर चन्द दुवै मुगल सम्राटको समय कुमाउँका राजा थिए । त्यस वखत पहाड भन्दा तराईतिर बस्ती विस्तार भइरहेको थियो । तराईमा आम्दानी पनि पहाडमा भन्दा धेरै थियो । त्यसैले कठेरिया राजाहरूले कुमाउँको  तराईलाई कब्जा गर्न थाले । यो कुरा राजा बाज बहादुर चन्दलाई चित्त वुझेको थिएन । बितेका २० वर्षमा कुमाउँको शासन व्यवस्था कमजोर थियो । त्यसैले कठेरिया राजाहरूलाई कुमाउँको तराई भूमि कब्जा गर्न सजिलो भएको हुनुपर्दछ । राजा बाजबहादुर चन्दले यसको लागि मुगल सम्राटबाट सहयोग लिने इच्छा गरी दिल्ली शाहजाहँको दरवारमा विन्ती गर्न पुगे । शाहजाहँले गढवालको विरूद्ध हुन लागेको लडाइँमा भाग लिन बाजबहादुर चन्दलाई निम्ता दिए । यस लडाइँमा कुमाउँ सेना तथा स्वयम राजा बाजबहादुर चन्दले ठूलो बहादुरीकासाथ लडेर विजय हासिल गर्न समर्थ भए । उनको बहादुरीबाट मुगल बादशाह शाहाजहाँ खुसी भएर उनलाई "बहादुर" पदवी समेत प्रदान गरे । तर राजा बाज बहादुर चन्द यस पदबाट सन्तुष्ट हुनेवाला थिएनन् । उनले वादशाँहसँग मुरादावाद सुवेदार रूस्तम खाँको सहयोग प्राप्तीको लागि विन्ती समेत जाहेर गरे ताकी तराईबाट सबै कठेरिया राजाको अधिपत्य समाप्त गर्नुपर्ने थियो । शाहजाँहले उनको ईच्छा अनुसारको आदेश उपलब्ध गराए किनकि कठेरिया दिल्ली वादशाहँहरूको सदैव दुश्मनी रही आएको थियो र राजा बाजबहादुर चन्द पुन तराई भावर कुमाउँमा मिलाउन सफल भए । त्यहाँ वाजपुर नामक सहर पनि बसाले । हाल यो सहर  भारतको उत्तराञ्चल राज्य अन्र्तगत उद्यमसिंह जिल्लामा पर्दछ ।
कुमाउँ राज्यमा वि.सं. १७८३ तिर राजा देवी चन्दलाई मारेर विष्टहरू (मन्त्रीहरू) ले सबै अधिकार आफ्नो हातमा लिन पुगे । देवी चन्द निसन्तान थिए । अब उनीहरू राजा बनाउनको लागि चन्दहरूको रौतेला (राजकुमार) खोज्न थाले उसलाई नाम मात्रको राजा स्थापना गरी आफूले राज्य संचालन गर्ने उद्देश्य उनिहरुको थियो । दरवारमा पञ्चायत वसालियो र पञ्चहरूको रायअनुसार कुमाउँमा चन्द वंशमा राजा हुन लायक कोही नभएको निक्र्योल  निकालियो । कठेड -Kathed_ वा कठेर हाल रोहिलखण्डस्थित पिपलीका राजा नरपति सिंह कठेडियाले राजा ज्ञान चन्दकी छोरीसँग विवाह गरेका थिए । राजा नरपति सिंह कठेडियाका छोरा चन्दका भान्जा पर्दथे । उनैलाई राजा बनाउने उद्देश्यले मागेर कुमाउँ ल्याइयो । यसरी अजित सिंह कठेडियालाई अजित चन्दको नामबाट कुमाउँमा राजा बनाए । अजित सिंह कठेडियालाई राजा बनाए पनि राज्यको सम्पूर्ण अधिकार पुरनमल तथा उनका वुवा मानिक चन्द गैडा विष्टको हातमा थियो । उनीहरूले कुमाउँमा अन्याय पुर्वक राज्य गरेको पाइन्छ । त्यसले यस समयलाई गैडागर्दीको नामले लिने गरिन्छ । राजा अजित चन्दलाई सानै उमेरमा राजा बनाइएको थियो । यिनको वर्तवन्ध अल्मोढामा वि.सं. १७८३ मा गरिएको थियो । उनको वर्तवन्धमा निम्नलिखित कठेडिया राजा तथा राजकुमारहरू अल्मोडा आएका थिए । कठेडमा  राजकुमारहरूलाई बेटा भनिन्थ्यो ।
निम्न :                              हाल जिल्ला
१. राजा नरपति सिंह कठेडिया (कठेरिया)     पिपली
२. बेटा गुलाव सिंह कठेडिया               कैमरी
३. बेटा सुवर्ण सिंह कठेडिया               अमरपुर
४. बेटा चतुर्भुज कठेडिया                 अकवरावाद
५. बेटा हरि सिंह कठेडिया                उदमावाला
६. बेटा हरि सिंह                       सोननगरा
७. बेटा वखत सिंह                      सोननगरा
८. बेटा हरि सिंह (२)                    सोननगरा
९. बेटा आनेद सिंह कठेडिया              श्री नरका (श्रीनगर)
१०. बेटा पृथ्वी सिंह कठेडिया              फरीदनगर
११. बेटा हरिराय                        चाचहट
१२. बेटा वछरीनाथ                      चाचहट
१३. बेटा तेजसिंह राठौर                        चाचहट
१४. बेटा उदयराज                      वहिपुर
१५. बेटा रामराय                       वनजरिया
१६. बेटा सरथ सिंह                     ¬रामनगर
१७. बेटा भुपति सिंह                    नहाल
१८. बेटा संग्राम सिंह                    लोहरा
१९. बेटा प्रताप सिंह, सुरजवंशी             वेरिया
२०. बेटा मेदीराय चौहान                        मव
२१. जगन्नाथ चौहान                    खटगरी
यति धेरै राजा र राजकुमारहरू राजा अजित चन्द (अजित सिंह कठेडिया) को ब्रतवन्धमा वाहिरबाट आएका थिए । कठेडियाहरू पिपली, फरिदनगर र ठाकुरद्वारावालाहरू संग चन्द राजाहरूको नातागोता रही आएको थियो । छोराहरूलाई बेटा यानी राजकुमार भनिन्थ्यो । व्रतवन्ध पछि राजा अजित चन्द (कठेडिया) को राज्यभिषेक भएको पाईन्छ । मितिले यी दुबै उत्सव सँगसँगै भएको पाईन्छ ।
माथि उल्लेख भइसकेको छ, अजित चन्द (कठेरिया) नाम मात्रका राजा थिए । जव पिपलीबाट ल्याईएका थिए तब उनी उमेरका हिसावले ज्यादै साना थिए । यिनले जम्मा दुई वर्ष मात्र राज्य गर्ने अवसर पाए । अन्य दरवारियाहरूले विष्टहरूको अन्यायको कहानी राजालाई वताउन थाले । यसबाट राजा विष्टहरूप्रति रूष्ठ हुन थाले । यो कुरा थाहा पाएर विष्टहरूले राजालाई मार्ने उपाय खोज्न थाले । एक  दिन बाबु छोरा पुरन मल्ल र मनिक चन्द विष्ट मिलेर अजित चन्दको हत्या गरी छाडे । यसरी वि.सं. १७८५ मा राजा अजित चन्दको हत्या गरियो । तर राज्यको बिमारबाट उनको मृत्यु भएको हल्ला फैलाए । अजित चन्दको मृत्यु पछि फेरि कुमाउँको राजगद्धी खाली हुन पुग्यो । पुनः कुमैयाँहरू पिपली गएर राजा नरपति सिंह कठेरियासंग दोस्रो राजकुमार माग्न पुगे । तर राजा नरपति सिंह कठेरियालाई थाहा भइसकेको थियो कि आफ्नो छोरा अजित चन्द (कठेरिया) को मृत्यु बिमारीबाट नभई षडयन्त्रबाट मारिएका थिए । त्यसैले दोस्रो पुत्र दिन अस्वीकार गरिदिए । केही उपाय नभएपछि पुरन मल्ल विष्ट ठूलो निराश भएर पिपलीबाट फर्किए । नयाँ राजा खोज्ने क्रममा चन्द वंशका डोटी राज्यमा गएर बसेका कल्याण चन्द नामक साधारण व्यक्तिलाई ल्याएर वि.सं. १७८६ मा राजा बनाए । पुरन मल्ल र उनका पिता मनिक चन्द गैडा विष्टहरूको अत्याचारका विषयमा राजालाई थाहा भयो । जो गैडागर्दीको नामले कुमाउँमा प्रसिद्ध थिए । यी दुवै विष्टहरू मिलेर निर्दयतापुर्वक राजा देवी चन्द र अजित चन्द (कठेरिया) लाई मारेका थिए । राजा कल्याण चन्दले यिनीहरूलाई दरबारमा बोलाएर मार्ने हुकुम दिए । यसरी अत्याचारी विष्टहरूको अन्त्य गरियो । यसपछि राजा कल्याण चन्दले सबै ध्यान राजकाजतिर लगाउन थाले । राजा कल्याण चन्द गरीव अवस्थाबाट प्रचुर सम्पत्ति तथा राज्यका मालिक भएका थिए । विष्टहरूलाई मारेर उनको घमण्ड पनि चढिसकेको थियो । भविस्यमा आफ्नो गद्धीमाथि कुनै किसिमको खतरा नआओस् भन्ने उद्देश्यले कुमाउँ राज्य भरी दानपुरदेखि कोटासम्म र पालीदेखि काली कुमाउँसम्म जति पनि चन्द वंशका मानिसहरू थिए सबै मार्ने र देश निकाला गर्ने कार्य गर्न थाले । यसै समयमा धेरै चन्दहरू जीउधनको सुरक्षा गर्न काली पूर्व डोटी राज्यका विभिन्न स्थानमा फैलिन पुगे (हाल नेपालको दार्चुला, बैतडी, डडेलधुरा तथा डोटी जिल्ला) । देशभरि हाहाकार मच्चियो ।
वि.सं. १७८६ मा फरिदनगरका राजा माधोसिंह कठेडियासँग राजा कल्याण चन्दकी छोरी लली को विवाह भयो (परिशिष्ठ५) । यसैगरी वि.सं. १७८८ मा अर्की राजकुमारी (लली) को विवाह अर्का कठेडिया राजा तेज सिंह कठेडियासँग ठूलो धुमधामसँग भएको थियो । उक्त विवाह समारोहमा भाग लिनका लागी विभिन्न कठेरिया राजाहरू अल्मोडा (कुमाउँ) आएका थिए ।
उक्त विवाहमा उपस्थित राजाहरु :
१) राजा राम सिंह कठेडिया, कैमरी
२) राजा दौलत सिंह कठेडिया, धुराही
३) राजा भुजवल सिंह कठेडिया, श्रीनगर
४) राजा प्रह्लाद सिंह कठेडिया, रूद्रपुर
५) राजा विष्णु सिंह कठेडिया, माहावाद
६) राजा जवाहर सिंह कठेडिया, विलासपुर
७) राजा सन्तोया सिंह कठेडिया,  साही
८) राजा शिवकरण सिंह कठेडिया
९) कु.मातादीन सिंह , वगैरह
कठेडिया राजपूतहरू चन्द राजाको दरवारमा विवाह आदि उत्सवमा आउँथे । उनीहरूलाई उपहारको रूपमा ज्वाहारत आदिको रूपमा नगद रूपैयाँ दिइन्थ्यो । जब कठेडिया राजपूतहरू खाना खान आउथे तब उनीहरूलाई बस्नको लागि चाँदीको चौका (पिड्का), चाँदीका थाल, गडवा (करूवा), रेशमीको धोती, दशाल आदि दिने गरिन्थ्यो । यो सबै ज्वाइँ तथा सम्धीको दस्तुरको रूपमा जारी गरिन्थ्यो ।
            वि.सं. १५९९१६०८ सम्म कल्याण चन्द (द्धितीय) कुमाउँका राजा भए । राजा ज्ञान चन्दको समयमा वि.सं. १८०१ मा श्री भागकुवारी (लली) राजकुमारीको विवाह राजा महेन्द्र सिंह कठेडियाको छोरा कु. जोहार सिंह कठेडियासँग भएको थियो । बरातीहरू अल्मोडामा धुमधामसँग पुगेका थिए ।
वि.सं. १८००१८०१ मा रामपुरका नवाव (रोहिल्ला) अलिमहम्मद खाँ आफ्ना तीनजना बहादुर सरदार हाफिज रहमत खाँ, पैदाखाँ तथा वक्सी सरदार खाँ सहित १० हजार सेना लिएर कुमाउँमाथि आक्रमण गर्न गए । यसवेला राजा कल्याण चन्दको स्थिति नाजुक थियो । आवले र अवध नबाब पनि कुमाउँ राज्यका दुश्मन थिए । डोटीका राजा पनि आफ्नो देशको एकजना साधारण मान्छे कल्याण चन्दलाई कुमाउँको राजा बनाएकोमा मनमनै ज्यादै रिसाएका थिए । यसैबीच रोहिल्लाहरू आक्रमण गर्न आए । रोहिल्ला मुसलमानहरूको उद्देश्य सुनिश्चित थियो । यिनीहरूले कुमाउँको राजधानी अलमोडामा आएर सबै मन्दिरहरू तहसनहस पारे । मूर्तिहरू फुटालिदिए र गाई काटेर रगत मन्दिरमा छड्किन थाल्यो । सबै बहुमूल्य धातुका मूर्तिहरू, कलश र वर्तनहरूलाई पगालेर लिएर गए । राज्यको चारैतिर लुटपाट मच्चाए । मानिसहरू घर छोडेर जंगलतिर भागे । राज्यमा ठूलो दुःख र आपत्ति आईप¥यो । सरदार रहमतखाँको यस विजयबाट नवाव अलिमहम्मद खाँ ज्यादै खुसी भए । उनले कुमाउँका सबै बहुमूल्य कुराहरू नवाब कहाँ उपहार पठाए । रोहिल्लाहरूले राजमहलका सम्पूर्ण कागजपत्रहरू जलाईदिए । आखिरमा गढवालका राजा, कुमाउँका राजा र रोहिल्ला बीचमा सम्झौता गरियो । सो सम्झौता अनुसार वार्षिक रू ६,००० तिर्ने शर्तमा रोहिल्लाहरू केही फौज छोडी घर फर्किए । तर रामपुरका नवाव कुमाउँ राज्यलाई छोड्न चाँहदैनथे । उनी सधैंका लागि कुमाउँ राज्यलाई रोहिलखण्डमा गाभ्न चाहान्थे । गढवालमा भागेका राजा कल्याण चन्द अलमोडा फर्किए । दुबै राजाहरूबीच धर्मपत्र भयो । राजा कल्याण चन्दको पनि होस् फर्कियो । रोहिल्लाले तहसनहस गरेका दरवार तथा मन्दिरहरू मर्मत गर्न लगाए । तर वि.सं. १८०२ मा फेरि कुमाउँमा रहेको रोहिल्ला सेनाले नजिवखाँको नेतृत्वमा आक्रमण सुरू गर्न थाल्यो । रामपुरका नवाबको उद्देश्य थियो  कुमाउँलाई सदाको लागि आफ्नो राज्यमा मिलाउने । राजाले श्री शिवदेव जैसीलाई बोलाएर धन र सेनाको नेतृत्व सौपिदिए । यसपाली पहाडी सेनाले बहादुरीकासाथ लडेर रोहिल्ला सेनाहरू भगाए । रोहिल्लाहरूको सेनाले ठूलो हार झेल्नु प¥यो ।
रोहिल्लाहरूले कुमाउँमा मात्र नभएर कठेडिया राजाहरूको राज्य कठे (कठेड)मा पनि ठूलो तवाही मचाएका थिए । यो कुरा दिल्लीमा वादशाह समक्ष खवर पुग्यो । यता राजा कल्याण चन्दले पनि आफ्नो राजदूत (वकिल) पं.शिवराम पाण्डेलाई वादशाह महम्मद शाह कहाँ पठाए । सबै कुरा सुनेपछि वादशाह महम्मद शाह आफै सेना लिएर रोहिल्लाहरू (अफगानीहरू) लाई हिन्दुस्तानबाट निकाल्ने उद्देश्य लिएर आक्रमण गर्न आए । बादशाहलाई यस लडाईमा कैमरीदेखि फरिदनगरका कठेडिया राजपूतहरूले पनि ठूलो सहयोग प्रदान गरे । अन्तमा नवाव अहिम्मद खाँ सहित पैदे खाँ, दुदे खाँ, फतह खाँ तथा जय सिराय आदि पक्रिएर देश निकाला गरिए । यस विजय पछि कठेडका राजा र ठाकुरहरूले पनि आफ्नो राज्य फिर्ता पाए ।



४. कठेरिया राजपुत र कठायत जातीहरुको विषयमा :
एम.सि.अग्रवालद्वारा अंग्रेजीमा भाषा अनुवाद गरिएको कुमाउँको इतिहास मा उल्लेख भए अनुसार "Kathayat: These People say that they are Katheria Rajput of Kather and come here (Kumaon) during the reign of the Bom king of SOR. -kl/lzi7–$_ Some say they are Chauhans. Kashyap Gotra Bhim Kathayat was famous minister of the Katuaris. NILU Kathayat was great commander of the Katuaris. Later his descendant acted as darogas (superintendent) of the kitchen. This is a historical Clan" त्यसै गरी कुमाउँ इतिहासका लेखक बद्रीदत्त पाण्डेले आफ्नो पुस्तक कुमाउँका इतिहासमा लेखेका छन् । कठायत यह लोग अपनेको कठेडका कठेडिया राजपूत वताते है । सोर के बम राजाके  राज्यकाल मे यहाँ आये थे । कुछ चौहान वताते है । काश्यप गोत्रवाले भीम कठायत कृत्युरियोका प्रसिद्ध मंत्री था । निलु कठायत ज्ञानचन्द के समय एक जवर्दस्त सेनापति था । बादको उसके वंशज रसोई के दरोगा रहे । यह ऐतिहासिक खान्दान है यसबाट के वुझिन्छ भने कठायत जातिहरू कठेड अथवा कठेडिया राजपूतहरू हुन यिनीहरू सोर (पिथौरागढ) मा वम राजाको राज्यकालमा आएका थिए । यिनीहरू (कठेरिया राजपूत) हरू कसैले आफूलाई चौहान वंशजको भन्ने गर्दछन् । काश्यप गोत्र भएका भिम कठायत कत्युरि राजाका प्रसिद्ध मन्त्री थिए । तथा निलु कठायत (वि.सं. १४३११४७६) कुमाउँ (चापावतका) राजा गरूड ज्ञानचन्दको राज्यकालमा प्रसिद्ध सेनापति थिए । ईमानदारिता एवंम् ऐतिहासिक पृष्ठभूमीको कारण पछि चन्दराजाहरूको दरवारमा यस खान्दानका मानिसहरूले धेरै पुस्तासम्म राजाको खानपानको निरीक्षकका रूपमा समेत कार्य गरेका थिए । कठायत जातिलाई ऐतिहासिक खान्दान रहेको कुरा कुमाउँको इतिहासमा उल्लेख गरिएको छ ।
कठायत जातिको वंशोत्पत्तिको विषयमा वढी प्रष्टताको रूपमा प्रस्तुत गर्नको लागि महापंडित राहुल सांस्कृत्यानको पुस्तक कुमाउँमा समेत दृष्टिगोचर गर्नु आवश्यक छ । उक्त पुस्तकको कुमाउँको (पृष्ठ १६२) मा राजपूतको उपजातिहरू उल्लेख निम्न अनुसार गरिएको छ :
प्रशिद्ध आस्पद                               द्धितीय आस्पद
कठायत (KATHAYAT)                      कठेडिया
कठैत (KATHIT)                            (रूहेलखड)
कठैत (KATHET)                           (नेपाल)
कठैत (KATHAIT)                           (पंजाव)
कठोडिया (KATHODIYA)                     (पिलिभित्त)
कठोलिया (KATHOLIYA) (KATHERIYA)      कठेरिया (पिलिभित्त)
वलदिया (BALDIYA)                         कठेड (कठेडिया)
माथि उल्लेखित प्रसिद्ध आस्पद र द्वितीय आस्पदबाट कठायत जाति वंशोत्पत्तिको विषयमा धेरै प्रमाणहरू मिल्दछन् । बद्रीदत्त पाण्डेको पुस्तक कुमाउँको इतिहास तथा महापण्डित राहुल साँस्कृतियानको पुस्तक कुमाउँमा उल्लेख भए अनुसार कठायत जातिको मध्यकालीन उदगमस्थल रोहिलखण्ड (कठेर) हो । कठायत जातिहरू कठेर क्षेत्रका कठेरिया क्षत्रीय राजपूतहरू हुन् । यिनीहरू विभिन्न कारणले वसाइँ सर्दै १२औं शताब्दी पछि कठेर (रोहिलखण्ड) हुँदै भारतको कुमाउँ, गढवाल, हिमाञ्चल प्रदेश तथा नेपाल आएका हुन् । ठाउँ सर्ने क्रममा उनीहरूको जातीय पहिचान केही परिवर्तन हुदै आएको देखिन्छ । १२औं शताब्दी भन्दा अगाडि यस जातिको इतिहास अझ पनि रहस्यमय अथवा सोध गर्नुपर्ने नै देखिन्छ । १३औं शताव्दीदेखि भारतवर्ष पश्चिमबाट आएका मुसलमान बंशजले आफ्नो राज्य स्थापना गरीसकेका थिए । उनीहरूको राजधानीको रूपमा दिल्ली सहर रहेको थियो । तर कठेर क्षेत्रमा १२औं सताब्दीको सुरुबाट कठेरिया राजपुतहरू आफ्नो शासन स्थापित गरेका थिए । जव दिल्लीमा मुसलमानहरूको राज्य स्थापित भयो । उनीहरूले कठेर क्षेत्रमा समेत साम्राज्य फैलाउन सुरु गरे । यस कार्यको कठेरिया राजपूतहरूबाट ठूलो विरोध भयो । यो विरोध ४०० वर्षसम्म रही रह्यो ।
केही कठेरिया राजपूतहरू दिल्लीमा १३औं शताब्दीदेखि आफ्नो साम्राज्य कायम गरी शासन गरिरहेका मुसलमान शासकहरूसँग पटकपटक भएको युद्धबाट आजित भएर कुमाउँ, गढवाल तथा तराई (भावर) क्षेत्रमा विस्थापित भएका थिए । त्यसमध्ये हाल बरेली सहरबाट दक्षिण पूर्वमा अवस्थित फिरिदनगरबाट (परिशिष्ठ५) हालमा कुमाउँ र डोटीमा रहेका काश्यप गोत्रीय कठायतका पूर्वजहरू दुर्योधन सिंह कठेरिया (कठेडिया) धर्ममा गढवड भएर कुमाउँ गएको साथै कुमाउँमा वसोवास गरेपछि कठेरियाबाट कठायत जात लेख्न थालिएको विवरण (परिशिष्ठ६) उल्लेख गरिएको छ काली नदी तराउनको लागी त्यहाँ कार्की जातीहरुको सहयोग पाएको उल्लेख गरिएको छ । (परिशिष्ठ५) । त्यसैगरी (परिशिष्ठ६) विमा कठायत राजा हरि शाही प्रथमका पालामा कुमाउँबाट हालको वैतडी जिल्ला अन्र्तगत लेकम हुँदै डोटी गएको कुरा उल्लेख गरिएको छ । (परिशिष्ठ६ मा उल्लेख गरिएको दस्तावेज नेपाल सरकारको राष्ट्रिय अभिलेखालयमा गराएको वैज्ञानिक परीक्षण अनुरूप  ऐतिहासिक दस्तावेज १८० वर्ष पुरानो भएको कुरा सम्वन्धीत विज्ञको मत रहेको छ)
कठेर अर्थात् रोहिलखण्डमा १२१८औं शताव्दीसम्म शासन गर्ने कठेरिया (कठेडिया) राजपूतहरू विभिन्न वंशज तथा गोत्रका हुनुपर्ने देखिन्छ । मुख्यतया यिनीहरूले शासन गरेका क्षेत्रहरूमा सदैव दिल्लीका मुसलमान शासकहरूले आक्रमण गर्ने र कठेरिया राजपूतहरूले पनि उनीहरूसँग अविरल लडाँइ गरीरहनु परेको कुराहरू परिशिष्ठ२ मा उल्लेख गरिएको छ । यसरी लगातार ४०० वर्ष युद्धरत हुँदा पनि कठेर (रोहिलखण्ड) विभिन्न भुभागमा कठेरिया (कठेडिया) राजपूतहरू शासन गर्न सक्षम रहेका थिए । मुख्यरूपमा कठेरिया (कठेडिया) राजपूतहरूको शासन निम्न स्थानहरूमा रहेको देखिन्छ ।
निम्नः
तत्कालिन स्थान                 हालको नामाकरण
१) पिपली                      
हालको रामपुर जिल्ला (हाल भारतको उत्तर प्रदेशमा पर्दछ)
 
२) कैमरी                      
३) अमरपुर
४) अकवरावाद            
५) उदमावाल             
६) सोना नगर
७) श्रीनगर               
८) फरिदनगर                   
९) चाचट
हालको बरेली जिल्ला (उत्तर प्रदेश राज्यमा पर्दछ)
 
१०) वद्रीपुर
११) वनजरिया            
१२) रामनगर
१३) नदाल               
१४) लेहर                
१५) वेरिया         
१६) मव                 
१७) खटगरी              
१८) घुराही
१९) रूद्रपुर          रूद्रपुर–(उत्तराखण्ड)  
२०) शाहावाद        रामपुर जिल्ला यु.पि.
२१) विलासपुर       रामपुर जिल्ला यु.पि.
२२) साही           बरेली जिल्ला यु.पि.
२३) वगैरह          वरेली जिल्ला यु.पि.
२४) ठाकुरद्वारा आदि ससाना राज्यहरूमा शासन गरेका थिए ।
मुख्यतया माथि उल्लेखित राज्यहरू ४ किसिमका कठेरिया राजपुतहरूले राज्य गरेको पाईन्छ । यि ४ किसिमका कठेरिया राजपुतहरूमा वाचल, गोर, चौहान र राथोड थिए । यिनिहरु सवै राजपुतहरु अहिले पनि दोश्रो नाम सिंह र जात कठेरिया लेखाउने चलन विद्यमान रहको छ । तर जो कठेरिया राजपुत कुमाउँ, गढवाल र नेपाल प्रवेश गरे उनिहरु विचको नाम सिंह लेखाए पनी जात कठायत, कठाइत, कठेत, कठैत लेखाउदछन् । काश्यप गोत्रिय कठायतहरु चौहान राजपुतका सन्तानहरु रहेको पाईन्छ ।   
      

५. डोटी राज्यमा रहेका अन्य जातीहरुका विषयमा :
माथि उल्लेखित कठायत जातीहरुका बिषय एउटा उदाहरण मात्र हो । यसले हालको नेपालका सुदुर पश्चिम क्षेत्रमा १२औं देखी १८ औं शताब्दीमा कसरी विभिन्न कारणवाट हिन्दु जातीहरु आफ्नो धर्म, संस्कृति र जिउ धनको सुरक्षाको लागी विदेशी आक्रमणवाट बच्न पहाडी क्षेत्र तिर बसाई सर्न पुगे भन्ने कुरालाई प्रष्ट गर्दछ । उनिहरुले आफ्नो संस्कृति, कला एवम् धर्मलाई सकेसम्म बचाउन प्रयास गरेको कुरा हाल ति क्षेत्रहरुमा विद्यमान ऐतिहाँसिक धरोहर एवं परम्पराले  समेत स्पष्ट पार्दछ । पश्चिमवाट आएका आक्रमणकारीहरु संग मुकाविला गर्ने क्रममा जसरी ठूलो संख्यामा नेपाल तथा भारतका पहाडी क्षेत्रमा हिन्दु जातीहरु वसाई सराई भयो । त्यसरीनै सोही क्षेत्रमा रहेका ससाना पहाडी क्षेत्रमा हिन्दु राज्य बन्न पुग्यो । तिनै हिन्दु राज्यका राजाहरुवाट समय समयमा विभिन्न कारणवाट जिउधन सुरक्षाको लागी सरणार्थिको रुपमा आउने विभिन्न जात जातीहरु आश्रय स्थल समेत यि पहाडी राज्य हुन गएको इतिहासले देखाउदछ । यसै क्रममा स्थापित गढवाल, कुमाउ र डोटी राज्यहरुमा विभिन्न वंशजका हिन्दु राजाहरुले शासन गर्ने गरेको पाईन्छ । यि राज्यहरु मध्ये तत्कालिन डोटी राज्यमा राज्य गरेर (परिशिष्ट१०) राजाहरुको राज्यकालमा प्राप्त र विभिन्न इतिहासविदहरूद्वारा प्रकाशित विभिन्न ताम्रपत्र एवंम् शिलालेखहरूको अध्ययन विश्लेषण गर्दा डोटी राज्यमा निम्न विभिन्न जातिहरूका ऐतिहासिक व्यक्तिहरूद्वारा राज्य संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । यस पुस्तकमा वि.सं. १४०९ डोटीका प्रथम राजा निरयपालदेखि डोटीका अन्तिम राजा दिप शाही तथा नेपाल राज्यमा समाहित भै सकेपछि मानार्थ राजा पदवी प्राप्त राजा पहाडी शाही सम्म वि.सं. १८५५ मा प्रकाशित ताम्रपत्र एवंम् शिलालेखहरूको विश्लेषण गरिएको छ । यस विश्लेषणवाट उनिहरूको भूमिकाबारे अझ प्रष्ट हुन्छ ।
निम्न जातिहरू डोटी राज्यको ४५० वर्षको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिएः
१) पडयाहार (प्रतिहारा)       २) राउल (रावल)                 ३) देउवा                 
४) वकोटी                 ५) प्रोहित                       ६) सेझवाल              
७) भडारी                 ८) वलदिर (वलायर)               ९) कार्की    
१०) वम                        ११) सुनाहार (सुनार)               १२) जोइसी (जोशी)
१३) बोहरा (वोरो)           १४) थाईत                      १५) पाल          
१६) सेटी                 १७) महर                       १८) पनेरु                
१९) पण्डित               २०) रखाल                      २१) भाट                
२२) कुवर                 २३) थापा                     २४) थापा              
२५) रोकाय                २६) कठायत                     २७) विष्ट (विष्ठ)          
२८) साउद (साउन)          २९) ऐर                        ३०) बोहोरो (वोरो, बोहरा)    
३१) घट्टयाली              ३२) ठाकुर                      ३३) चौषाल (चोख्याल)      
३४) षडायेत (खडायत, षडायत)       ३५) उप्रेती                      ३६) पाडे (पांडे)
३७) रोसयारो               ३८) मद्याली (मट्याली, मटाली)      ३९) भट (भट्ट)            
४०) साहनी                ४१) राउत                       ४२) अवस्थी  
४३) षडगा (खड्का)          ४४) गौली                       ४५) फुलारो               
४६) मिश्र                 ४७) पन्त (पंत, पंथ)               ४८) साउ (शाहु)     
४९) थापो (थापा)         ५०) कार्की (कारकी)               ५१) ढाट                 
५२) सिंग                 ५३) पाटनी                      ५४) सेजाली (सेज्जाली)
५५) महरा                 ५६) धामी                       ५७) शाही (साई, साही)
५८) धानुक
डोटी राज्यमा निम्न पदहरूको प्रयोग गरेको पाईन्छ ।
१) पुरोहितज्यू                    २) गुसाईज्यू                     ३) वजिर
४) नेव                         ५) दिवान                       ६) रजवार
७) गौली
९) वयाल
पुरोहितज्यूको पदवी प्रायः जसो पनेरु व्राह्मणहरूलाई प्रयोग गरेको देखिन्छ । गुसाईज्यूको पदवी तत्कालीन युवराजलाई सम्वोधन गर्न प्रयोग भएको देखिन्छ । बजिर, नेव पदवी प्रायः जसो देउवा, वोगटी, कठायत, साउद, विष्ठ, भाट आदि क्षत्रीय जातिलाई प्रयोग भएको पाईन्छ । रजवार देउवा र वोगटीहरूमा मात्र प्रयोग भएको पाईन्छ । दिवान पदवी कठायत जाति तथा वजीर विष्ठ आदी जातीलाई प्रयोग भएको देखिन्छ ।

सन्दर्भ ग्रन्थहरू (References)
सि.नं.
पुस्तकको नाम
लेखक
कुमाउँका इतिहास
बद्रिदत्त पाण्डे
वाईसे राज्यको इतिहास
डा.सूर्यमणि अधिकारी
Kumaun Hills
Eduwin Atkinson
History of KUMAUN
M.C.Agrawal
कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य
डा.राजाराम सुवेदी
प्राचिन भारतका इतिहास
एस.चन्द र वि.डि. महाजन
अछामको इतिहास
डा.राजाराम सुवेदी
कुमाउँ
महा पण्डित राहुल साँस्कृत्यान
डोटेली लोक साहित्य (एक अध्ययन)
देव कान्त पन्त
१०
डोटीको इतिहास
डा.राजाराम सुवेदी
११
सुदूर पश्चिमाञ्चलको राजनैतिक इतिहास
जित सिंह भण्डारी
१२
उत्तराखण्डकी विभुतियाँ
शक्ति प्रसाद सक्लानी
१३
सुदूर पश्चिमाञ्चल२०६७
सुदूर पश्चिमाञ्चल सरोकार मञ्च
१४
http://en.wikipedia.org/wiki/list-_of_indian_monarch
१५
http://bareilly.nic.in/hist.htm
१६
डोटी क्षेत्रको प्राचीन इतिहास
जीत सिंह भण्डारी
१७
सेती दिग्दर्शन
पूर्ण प्रसाद नेपाल यात्री
१८
मेरो जिवन यात्रा र सेरोफेरो
अदन सिंह कठायत
१९
Erika and the king
Erika leuchtag
२०
कालोपातल
पदमराज जोशी भारद्धाज
२१
बझाङ्ग किंवदन्ती र इतिहास
श्याम बहादुर खड्का
२२
डोटी राज्यको इतिहास
भोज राज भट्टराई २०७०