Popular Posts

Monday, April 22, 2019

पारमार्थिक इच्छा ( Desire for Supreme Truth)


जब चेतन ( Conscious) आफ्नो सम्बन्ध जडसँग(innimate) मान्दछ, तब उसमा संसार अर्थात् भोक्तृत्व ( Possession ) को पनि इच्छा हुन्छ र परमात्माको (Supreme Spirit)  पनि इच्छा हुन्छ । जडसँग सम्बन्ध मानाले जिवको यही भूल हुन्छ कि उ सत-चित- आनन्द स्वरुप परमात्माको इच्छा, अभिलाषालाई संसारबाट पनि पुरा गर्नको लागि संसारिक पदार्थहरु इच्छा गर्न थाल्छ । परिणाम स्वरुप उसको यि दुवै इच्छाहरू स्वरुपबोधको ( soul realization) बिना कहिले पनि मेटिदैन ।
        संसारलाई जान्नको लागि संसारसँग अलग (Divided) हुन र परमात्मालाई जान्नको लागि परमात्मासँग अभिन्न (Undivided) हुनु आवश्यक छ । वास्तवमा ‘स्वयं’(Soul) को संसारसँग भिन्नता र परमात्मासँग अभिन्नता छ । परन्तु संसारको इच्छा गर्नाले ‘स्वयं’ संसारसँग आफ्नो भिन्नता या समीपता मान्द । जो कहिले पनि सम्भव छैन । हो, संसारिक इच्छाहरुलाई मेटाउनको लागि पारमार्थिक इच्छा गर्नु वृहत उपयोगी छन। यदि परमार्थिक इच्छा तीव्र भयो भने लौकिक इच्छाहरु स्वत: मेटिहाल्दछन। यदि लौकिक (worldly) इच्छाहरु सर्वथा मेटियो भने पारमार्थिक (supernatural) इच्छा पुरा भैहाल्दछ । अर्थात नित्य प्राप्त परमात्माको अनुभव भैहाल्छ । कारण वास्तवमा परमात्मा सदा सर्वदा विद्यमान हुन्छ । तर लौकिक इच्छा भएको हुँदा उहाँको अनुभव हुँदैन ।
“यदा सर्वे प्रमुच्यन्ते कामा येउस्य हदिकिता: ।
अथ मत्योडमृता भवत्यज व्रह्म समश्नुते ।।“
                                         कठ. २//१४, वृहदा ४//
मानीसको हृदयमा स्थित सम्पुर्ण कामनाहरु  जब समूल नष्ट हुन्छन्, तब मरणधर्मा (law of death) मनुष्य अमर हुन्छ र यही (मनुष्यरुपी शरीरमानै) व्रह्मको भलिभाति अनुभव हुन थाल्दछ ।
जहि शत्रुं महाबाहो कामरूपं दुरासदम्” (BG-3-43) । ‘महावाहो’ को अर्थ हो ठुलो र वलवान भुजावाला अर्थात महावीर । अर्जुनलाई ‘महावाहो’  अर्थात  शुरवीर भन्नेर भगवान् यो लक्ष्य देखाउन हुन्छ कि तिमी यस ‘काम’ (Desire) रुप शत्रुको दमन गर्न समर्थ बन्न ।
संसारसँग सम्वन्ध राखेर ‘काम’को नाश गर्न धेरै कठिन छ । यो ‘काम’ ठुला ठुलाहरुको विवेकलाई (wisdom) समेत ढाकेर उनीहरुलाई कर्तव्यबाट च्यूत गरिदिन्छ । जसले गर्दा उनीहरुको पतन हुन्छ । त्यसैले भगवानले यसलाई दुर्जय शत्रु (Invincible Enemy) भन्नुभएको छ ।
        कुनै एक कामनाको उत्पत्‍ति, पूर्ति, आपूर्ति र निवृत्ति हुन्छ । यसैकारण मात्र  कामनाहरु उत्पन्न र नष्ट हुनेवाला हो । परन्तु ‘स्वयं’ निरन्तर रहिरहन्छ र कामनाहरूको उत्पन्न तथा नष्ट भएको जान्दछ । अत: कामनाहरूसँग उसले सुगमतापुर्वक सम्बन्ध विच्छेद गर्न सक्दछ । किन भने वास्तवमा कामनाहरूसँग उसले सम्बन्ध छँदै थिएन । यसकारण साधकहरुले (मानीसहरुले) कामनासँग घवराउन हुँदैन । यदि साधकलाई आफ्नो कल्याणको पक्का उद्धेश्य छ, भने उसले त्यस ‘काम’ (कामनाहरू) लाई सुगमतापुर्वक मार्न सक्छ ।
कामनाहरुको त्यागमा अथवा परमात्मा प्राप्तिमा सवै मानीसहरु स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छन् । परन्तु कामनाहरुको पूर्तिमा कोही पनि स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छैनन् । यसकारण कामनाहरु पुरा हुनेवाला छँदै छैन । परमात्माले मानव शरीर आफ्नो (मानीसहरुको) उद्धेश्य मुक्ति प्राप्तिको लागि दिएको हो । अत: कामनाको त्याग गर्न कठिन छैन । संसारिक भोग पदार्थहरुलाई महत्व दिनाको कारणले नै कामनाको त्याग कठिन लागेको हो ।
        सुख (अनूकुलता) को कामनालाई मेटाउनको लागि नै भगवान् समय-समयमा दु:ख (प्रतिकूलता) पठाउनु हुन्छ । ताकि सुखको कामना नगरुन भनेर । कामना गरियो भने दु:ख पाउन नै पर्दछ । संसारिक पदार्थहरुको कामनावाला मनुष्य दु:खबाट कहिले पनि बँच्न सक्दैन । यो नियम हो । किन कि संयोग-जन्य भोग  नै दु:खको ‘हेतु’ हो (BG-5-22)
        ‘स्वय’ (स्वरुप) मा अनन्त बल छ । उसको सत्ता र बललाई पाएर बुद्धि, मन र इन्द्रियहरु सत्तावान एवं बलवान् हुन्छन । परन्तु जडसँग सम्वन्ध जोड्नाको कारण उ आफ्नो  बललाई भुलिरहेको हुन्छ । र आफ्नो वुद्धि, मन र इन्द्रियहरुको अधिनमा मानीरहेको छ । अत एवं ‘काम’ रुप शत्रुलाई मार्न को लागि आफूले आफूलाई जान्नु र आफ्नो वललाई चिन्नु पर्दछ । ‘काम’ जडको सम्बन्धबाट र जडमा नै हुने गर्दछ । जडको सम्बन्ध रहेन भने त ‘काम’ छँदै छैन । यसकारण यहाँ ‘काम’लाई मार्ने भन्नुको तात्पर्य वस्तुत: ‘काम’को सर्वथा अभाव (absence) बनाउनु नै हो । यसको विपरित यदि ‘काम’ अर्थात कामनाको सत्तालाई मानेर उसलाई मिटाउने चेष्टा (प्रयास) गरियो भन्ने, कामना मेटिन कठिन छ । किनभने वास्तवमा कामनाको स्वतन्त्र सत्ता छँदै छैन । कामना उत्पन्न हुन्छ र उत्पन्न हुनेवाला वस्तु नष्ट हुन्छ । यो नियम हो । नयाँ कामना नगरेमा, पहिलेको कामना आफै नष्ट भैहाल्छ । यसकारण कामना मेटाउने भन्नेको नयाँ कामना नगर्नु ।
शरीरादी संसारिक पदार्थहरुलाई ‘म’, ‘मेरो’ र ‘मेरो लागि’ मान्नाले आफूमा अभाव (कमी) अनुभव हुन्छ । तर मनुष्य भुलले (By mistake) गर्दा, यस कमीको (अभाव) पूर्ति संसारिक पदार्थबाट नै गर्न चाहन्छ । त्यसैकारण ऊ ति पदार्थहरुको कामना गर्दछ । परन्तु वास्तवमा आजतक संसारिक पदार्थहरूबाट कुनै पनि कमीको (अभाव) पूर्ति भएको छैन, हुँदैन पनि र पूर्ति हुन सक्दैन । किन कि स्वयं अविनासी छ र पदार्थ नाशवान छ । स्वयं अविनासी भएर पनि नाशवानको कामना गर्नाले लाभ  हुँदैन हुँदैन । यसकारण भगवान् कामनालाई शत्रु बताउँदै त्यसलाई मार्न आज्ञा दिनुहुन्छ ।
        ‘कर्मयोग’द्वारा यस कामनाको नाश सुगमतासँग भैहाल्दछ । किन कि कर्मयोगको साधकहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमात्मा प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् । आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् । उनीहरु हरेक कार्य निष्कामभावसँग अर्काको हित र सुखको लागि गर्दछन् । उनीहरु सँग जो समय, समझ, सामग्री र सामर्थ्य छ, ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको छ, पछि विछोडिन सक्छ । त्यसकारण उनीहरु  तिनीहरुलाई आफ्नो कहिले सम्झदैन र निस्वार्थ भावले संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् । सवैलाई पुराका पुरा संसारको सेवामा लगाइदिन्छन्
        कर्मयोगी मानीस  आफ्ना लागि केही पनि गर्दैनन् । आफ्नो लागि केही पनि चाहँदैनन् र आफ्नो केही कुरालाई अर्थात वस्तुलाई मान्न पनि मान्दैनन् । यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ । कामनाहरूको सर्वथा नास भएपछि उसको उद्धेश्यको पूर्ति भैहाल्छ । उनीहरुमा  आफूले आफूमा नै र आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य भैहाल्छ । अर्थात उनीहरुको लागि केही पनि गर्नु (Nothing do), जानु ( Nothing know)र पाउनु ( Nothing to get) बाँकी रहँदैन ।
भगवानले इन्द्रियहरु मन र वुद्धिको नाम लिनुभयो तर अहम्‍को (Ego) नाम लिनुभएन । अहम् वुद्धि भन्दा पर छ । भगवद् गीतामा (BG-7-4) पनि भगवान्‍ले वुद्धि पछि, अहम्‍लाई लिनुभयो । ‘भूमिरापोअनलो वाय: ख मनो वुद्धिरेव च । अहङ्कार इतियमे ... । अत यहाँ पनि ‘ पदबाट अहम्‍मता बस्ने ‘काम’लाई लिनुपर्दछ । जबतक स्वरुपको साक्षात्कार हुँदैन तबसम्म अहम्‍मा काम रहन्छ । स्वरुपको साक्षात्कार भएपछि अहम्‍मा काम रहँदैन –“पर दृष्टवा निवर्तते ।“ (BG-2-31) । सुख स्वरुपमा छ, तर कामको कारण मनुष्य जडताको सत्ता र महत्ता दिएर सुख चाहन्छ । जवतक जड्ताको सम्बन्ध छ, तवतक ‘काम’ छ । जड्तासँग सर्वथा सम्बन्ध विच्छेद भए पछि ‘प्रेम’ (Bliss) हुन्छ ।
        ‘काम’ आफूमा छ “रसोअपास्य” (BG-2-59) । आफूमा हुनाले नै कामहरुको लागि आफू वाधा हुन्छ । यदि यो आफूमा नहुँदो हो,  अर्को इन्द्रियहरु, मन, वुद्धिमा भएको भए हामीलाई के वाधा हुन्थ्यो ? आफूमा ‘काम’ हुनाले नै  स्वयं सुखी दु:खी हुन्छ । कर्ता भोक्ता हुन्छ । वास्तविक दृष्टिबाट हर्ने हो भने ‘काम’ आफूले मानेको हो । आफूमा छँदै छैन, त्यसकारण यो मेटिन्छ । अत: ‘काम’ आफूमा छ, तर मानेको रुपमा मात्र छ ।
        अहम्‍मा रहने चिजलाई मानिस आफ्नो मान्दछ । आफूमा रहने अहम् मानिसको हो  र यस अहम्‍मा ‘काम’ रहन्छ । अत: जबतक अहम् छ, तबतक अहमको जातिय आकर्षण अर्थात ‘काम’ हुन्छ । जब अहम् रहँदैन तब स्वयंको जातिको आकर्षण प्रेम हुन्छ । कामको संसारको तर्फ र प्रेमको परमात्माकोतर्फ आकर्षण हुन्छ । सम्पुर्ण त्रिलोकको अनन्त व्रह्माण्ड ‘विषय’ हो । विषय इन्द्रियहरुको एक देशमा छ । इन्द्रीयहरु मनको एक देशमा हुन्छ । मन वुद्धिको एक देशमा छ । वुद्धि अहमको एक देशमा हुन्छ । र अहम् चेतन (स्वरुप)को एक देशमा रहन्छ । अत: चेतन अत्यन्त महान छ । जसको अन्तर्गत सम्पुर्ण त्रिलोकका अनन्त व्रह्रमाण्ड बिध्यमान छ । परन्तु अपरा प्रकृतिको एक अंश अहम्‍को साथ आफ्नो सम्वन्ध जोड्नाको कारण मनुष्य आफूलाई अत्यन्त सानो (एकदेशीय) देख्दछ ।
कर्मयोगद्वारा  कामनाको नाश सुगमतासँग भैहाल्दछ किन कि कर्मयोगको मानीसहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमतत्त्व ( Heighest Truth) प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् उनीहरु हरेक कार्य निष्कामभावसँग  (stainless) अर्काको हित सुखको लागि गर्दछन् उनीहरु सँग जो समय (Time), समझ(knowledge), सामग्री (Resources) सामर्थ्य (Ability) , ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको , पछि विछोडिन सक्छ त्यसकारण उनीहरु  तिनीहरुलाई आफ्नो कहिले सम्झदैन निस्वार्थभावले (selflessly) संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ कामनाहरूको सर्वथा नास भएपछि उसको अर्थात साधकको उद्धेश्यको पूर्ति भैहाल्छ उनीहरुमा  आफूले आफूमा  आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य प्राप्त-प्राप्तव्य भैहाल्छ

BY: Er. Mahesh Singh Kathayat DIGP Retd.
Senior Associate Professor

वेदको निष्कर्ष ( वेदान्त )!


संसारमा कुनै पनि वस्तुलाई हामी एकै पटक मात्र देख्न सक्छौं, दोस्रो पटक सक्दैनौ । किनकि संसारमा प्रतिक्षण परिर्वतन (Change) छ । अत: एक क्षण पहिले वस्तु जस्तो थियो, दोस्रो क्षणमा त्यो वस्तु त्यस्तो देखिंदैन । जस्तो सिनेमा हर्दा पर्दामा दृष्य स्थीर देखिन्छ । तर वास्तमा उसमा प्रतिक्षण परिर्वतन हुँदै रहन्छ । मेशिनमा फिल्मको रिल धैरे छिटो घुम्छ, त्यही कारण सो परिर्वतन यति जाडो हुन्छ की, उसमा हाम्रो आँखाले सामात्न्(catch) सक्दैन । यस विषयमा श्रीमदा. (११/१२/४२ )मा उल्लेख गरिएको छ । “ नित्यदा हायङ भवानी भवन्ति न भवत्ति च । कालेना लक्ष्यवगेन सक्ष्मत्वात्तत्न दृश्यते” । यधापि प्रतिक्षण नै शरीरहरुको उत्पति र नाश भइरहन्छ, तथापि कालको गति (time speed) अत्यन्त सुक्ष्म हुनाको कारण उनीहरुको प्रतिक्षण उत्पन्न (birth) र नष्ट (death) भएको देखिंदैन । यसमा एउटा अर्को मार्मिक कुरा के छ भने वास्तवमा संसार एक पटक पनि देखिंदैन । किनकि शरीर,इन्द्रीयहरु,मन र बुद्धि आदि जस्को कारणबाट हामी संसारलाई देख्दछौं, अनुभव गर्दछौं, ती कारण पनि संसारका नै हुन् । जुन कुरा शरीर  र संसारबाट सर्वथा सम्बन्ध रहित छ, त्यस स्वरुपबाट संसार कहिले देखिंदैन । यसको तात्पर्य यो हो कि स्वरुपमा(Atma) संसारको प्रतिति (प्रतिविम्व) हुँदैन । संसार कै सम्बन्धबाट नै संसारको प्रतिति (प्रतिविम्व) हुन्छ । यसबाट सिद्ध हुन्छ कि स्वरुपको संसारसँग कुनै सम्बन्ध छँदैछैन ।
दोस्रो कुरा संसार (शरीर, इन्द्रियहरु, मन र  वुद्धि) को सहयता विना चेतना–स्वरुप (concious-soul) केही पनि गर्न सक्दैन । यसबाट सिद्ध हुन्छकी मात्र क्रिया(action) संसारमा मात्र छ, स्वरुपमा छैन । स्वरुपको क्रियासँग कुनै सम्बन्ध छँदै छैन ।
संसारको स्वरुप हो कृया (action) र पदार्थ ( matter) । जब कि स्वरुपको (soul) को न त कृयासँग र पदार्थ सँग नै कुनै सम्बन्ध  छ । त्यसो भए यो सिद्ध हुन्छ कि (शरीर- इन्द्रियहरु- मन -वुद्धि ) सहित सम्पूर्ण संसारको अभाव (absence or non existence) छ । खाली परमात्मतत्वको मात्र  भाव (सत्ता(existence)) छ, जो निर्लिप्तरुपवाट सबैको प्रकाशक(light) र आधार(base) हो । “उपयोरपि दृष्टोडन्तस्त्न्वनयोस्वत्वदर्शिभि:” यि दुवैको अर्थात सत्-असत् देही-देहको (soul and matter) तत्वलाई जानेवाला महापुरुषहरुले मात्र, यिनको तत्व (truth) देख्यका छन् । यिनीहरुको निचोड छ, “केवल एउटा सत्  तत्व मात्र विद्यमान छ” ।
असत वस्तुको तत्व पनि सत् नै हो र सत्  वस्तुको तत्व पनि सत् नै हो । अर्थात दुवै वस्तु एउटै ‘सत्मात्र नै हो दुवैको तत्व भावरुप एउटै हुन । ‍अत: सत् र असत -यि दुवै तत्वलाई जाने वाला महापुरुषहरुद्धारा जानमा आउनेवाला एउटा सत् तत्व मात्र नै हो । असतको जो सत्ता प्रितविम्व हुन्छ त्यो सत्ता पनि वास्तामा सत् को  नै हो । सत्को सत्ताबाट नै असत् को सत्ता प्रतित हुन्छ । यही सत् लाई “परा प्रकृति” “क्षेत्रज्ञ” गीताको (१३/१,२) “पुरुष” गीताको (१३/१) “अक्षर” गीताको (१५/१६) भनिएकोले तथा असतलाई “अपरा” प्रकृति” “क्षेत्र” “प्रकृती” र “क्षर” भनिएको हो ।
अर्जुन पनि शरीरहरुलाई शोक गरिरहेका थिए, ताकि युद्ध गर्नाले यी सवको मृत्यु हुनेछ आदि विवार गरेर । तर यहा भगवान् भन्नुहुन्छ, युद्ध गरेन भन्ने यिनीहरु मर्दैनन ? असत मर्दछ नै निरन्तर मरिनै रहेको छ । परन्तु यसमा जो सत् -रुप छ, त्यसको कहिले अभाव हुँदैन । यस कारण अर्जुनले शोक गर्नु मुर्खता मात्र हो ।
भगवत गीताको (२/१२) श्लोकमा भगवानले भन्नुभएको छ जो मरिसक्यकाछन् (dead) र जो वाँचीरहेका छन्, ती दुवैको लागि पण्डितजनहरु (विद्रानहरुले शोक गर्दैनन्) । त्यसै गरी गीताको (२/१२,१३) श्लोकमा देहीको(soul)  नित्यताको वर्णन गरिएको छ । यहा धिर भन्ने शब्द आएको छ । त्यसै गरेर गीताको (२/१४,१५) श्लोकमा संसारको अनुन्यताको वर्णन गरिरहेको छ । र त्यहाँ पनि धिर शब्द आएको छ । यस्तै गरेर गीताको( १२/१६) श्लोकमा सत असत शब्द आएको छ । र यहाँ “तत्वदर्शी” शब्द आएको छ । “मानुशोचान्ति पण्डिता:” गीताको (२/११) “धिरस्तक न मुहयति” गीताको (२/१३) “समदु:खसहव धिरम” गीताको (२/१५), यी तिन ठाउँमा जस्लाई ‘पण्डित’ र ‘धिर’ भनिएको छ उसैलाई यहाँमाथि उल्लेखित श्लोकहरुमा “पण्डित” “धिर” र “तत्वदर्शी” पद दिनुको अर्थ हो, जो मानिस विवेकी हुन्छ, समझदार हुन्छ उनिहरुलाई शोक हुँदैन । यदि शोक हुन्छ भने उ विवेकी छैन, समझदार छैन सत्तामात्र ‘सत’ हो र सत्ताको सिवाय जे कुराहरु छन् प्रकृति र प्रकृतिको कार्य (क्रिया, पर्दाथ) हरु तिनीहरु असत अर्थात परिवर्तनशील (changable) छन् । जुन महापुरुषहरुले सत् (real) र असत् (unreal) दुवै तत्वलाई देखेका छन् अर्थात जसलाई सत्ता मात्रमा आफनो स्वत:सिद्ध स्थितिको अनुभव भैसयो, उनीहरूको दृष्टि (अनुभव)मा असत् को  ‍सत्ता विद्यमान छँदै छैन र सत् को पनी अभाव विद्यमान छँदै छैन अर्थात सत्तामात्र (सत् -तत्व) शिवाय अरु केही पनि छैन ।
भगवानले भागवतगिताको (२/१४,१५) श्लोकमा शरीरको अनित्यताको  वर्णन गर्नुभएको छ। त्यसलाई यहाँ “नासतो विधत भाव:” पदबाट भनिएको छ र भागवत गीताकै (२/१२,१३) श्लोकमा शरीरको नित्यताको वर्णन गर्नुभएको छ । त्यसलाई यहाँ “नाभावो विद्यते सत:” पदबाट सम्वोधन गर्नुभएको छ ।
“नासतो विद्यते  भावो नाभावो विद्यते सत: ” यो सोह्र अक्षरहरुमा सम्पूर्ण वेद, पुराणहरु, शास्त्र हरुको तात्पर्य भरिएको छ । असत्  सत् यी दुवैलाई प्रकृति र पुरुष, क्षर र अक्षर, शरीर र शरिर, अनित्य र नित्य, नाशवान र अविनाशी आदि अनेक नामबाट सम्बोधन गरिरहेको छ । देख्न, सुन्न, सम्झिन, चिन्तन गर्न, निश्चय गर्न आदि जे जति कुराहरु छन् । ती सबै असत् (unreal) हुन । जसद्वारा देख्न, सुन्न, सम्झिन, चिन्तन गर्न, निश्चय गर्न आदि जे जति कुराहरु  आदि गरिन्छ । ती सबै पनि असत् हुन र देख्नावाला पनि असत् हो । “नासतो विधते भाव: “ वाक्यको अर्थ हो  । “असत भाव न विधेत” असत्को सत्ता विध्यमान छैन । बरु असत्को अभाव नै विध्यमान छ । किन कि यसको निरन्तर अभाव (परिर्वतन) नै भइरहन्छ । असत् वर्तमान होइन । असत् मिलेको (पाएको) हुँदैन । असत् विद्यमान हुँदैन । असत् कायम हुँदैन । जुन वस्तु उत्पन्न हुन्छ, त्यसको नाश अवश्य हुन्छ । यो नियम हो । उत्पन्न हुने बित्तिकै त्यस वस्तुको तत्काल  नाश हुन शुरु भइहाल्छ । त्यस वस्तुको नाश यति छिटो हुन्छ कि त्यसलाई दोस्रो पटक कसैले देख्न नै सक्दैन । अर्थात यसलाई पटकपटक देखेपछि फेरी दोस्रो पटक कसैले देख्न नै सक्दैन । अर्थात यसलाई एकपटक देखेपछि फेरि दोस्रो पटक त्यसै स्थितिमा देख्न सकिँदैन । यो सिद्धान्त हो, कि जुन वस्तुको कुनै पनि क्षण अभाव छ, उसको सदा अभाब नै हुन्छ । अत: संसारको सदा अभाव छ । संसारलाई जति  सत्ता दिए पनि, जति महत्त्व दिए पनि वास्तवमा, त्यो (संसार) विध्यमान छँदैछैन । असत् प्राप्त छँदै छैन, कहिले प्राप्त भएको नै छैन र कहिले प्राप्त हुनेवाला पनि नै छैन । असत् (unreal) प्राप्त हुन असम्भव (impossible) छ ।
          “नाभावो विधते सत:” वाक्यको अर्थ हो “सत: अभाव न विधते” अर्थात सत् को  अभाव विद्यमान छैन । बरु सतको भाव नै विद्यमान छ । किनकि यसको कहिले अभाव (परिवर्तन) हुँदै हुँदैन ।  जसको अभाव(परिवर्तन) हुन्छ, त्यसलाई सत भनिंदैन । सतको सत्ता निरन्तर विद्यमान छ । सत निरन्तर वर्तमान हो । सत् को   निरन्तर उपस्थित छ । सत्    निरन्तर प्राप्त छ । सत्  निरन्तर पाईराख्याको हुन्छ । सत्  निरन्तर उपस्थित (विद्यमान ) छ । सत निरन्तर कायम छ । कुनै पनि देश (space), काल (time ), वस्तु, व्याक्ति, क्रिया, घटना,परिस्थति अवस्था आदिमा सत् को  अभाव हुँदैन । यसको साराश : यो हो कि देश, काल, वस्तु आदि त असत (अभाव)  अर्थात निरन्तर परिवर्तनशील छ । तर सत सदा ज्यूँ का त्यूँ रहन्छ । यसमा अलिकति पनि परिवर्तन आउँदैन । कुनै कमी आउँदैन । अत: सतको सदा(सँधै) भाव छ । परमात्मत्तवलाई जति पनि अविस्कार गरौं, त्यसको जति उपेक्षा गरे पनि, त्यसबाट जति विमुख भए पनि, त्यसलाई जति पनि तिरस्कार गरेपनि, त्यसलाई विभिन्न तरिकाबाट खण्डन गरेपनि, तैपनि वास्तवमा उसको अभाव विद्यमान हुँदै हुँदैन । सत् को  अभाव हुन सम्भव नै छैन । सतको अभाव कहिले पनि कोही गर्न नै सक्दैन । गीताको (२/१७ )


साराश :
          तत्वदर्शी महापुरुसहरुले सत-तत्वको उत्पन्न गरेको होइन । उनीहरूले देखेको हो । अर्थात अनुभव गरेको हो । तात्पर्य हो कि असतको अभाव गरेको हो । तात्पर्य यो हो कि असतको अभाव र सतको भाव दुवैको तत्व (निष्कर्ष ) लाई जानेवाला जीवृन्मुक्त तत्वज्ञ महापुरुष एक सत-तत्वलाई नै देख्दछन अर्थात स्वत:स्वभाविक एक “हो” (singularity) को नै अनुभव गर्दछन । असत तत्व पनि सत हो र सतको तत्व पनि सत नै हो । यस्तो कुरा जानेपछि ती महापुरुषहरुको दृष्टिमा एक सत तत्व “हो” को सिवाय अरु कसैको स्वतन्त्र सत्ता रहँदै रहँदैन । असतको  सत्ता विद्यमान नरहनाले, त्यसको अभाव र सतको अभाव विद्यमान नरहनाले ,  उसको (सत् को  ) भाव सिद्ध भयो । निष्कर्ष  निकालियो कि, असत छँदै छैन । वास्तवमा सत नै सत  छ । त्यस सत तत्वमा देह( body) र देहीको (soul) विभाग छैन ।
          जवतक असतको सत्ता छ । तवतक विवेक छ । असतको सत्ता मेटिएपछि विवेक नै तत्व ज्ञानमा परिणत भैहाल्छ । “उभयोरापी दृष्टान्तस्त्वनया स्त्वढमिभि” यसमा ‘उभयोरपी’ मा विवेक छ । ‘अन्त:’ मा त्तवज्ञान छ र ‘दृष्ट’ मा अनुभव छ । अर्थात विवेक तत्वज्ञानमा परिणत भै गयो र सत्तामात्र  नै शेष  रहि गयो । वास्तवमा एक सत्ता वाहेक अरु केही छैन यो ज्ञान (wisdom) नै मार्गको सर्वोपरी कुरा हो । असतको सत्ता छैन यो पनि सत्य हो र सतको अभाव छैन यो पनि सत्य हो । सत्यलाई स्वीकार गर्नु साधकको काम हो । साधकको  अनुभव हो अथवा नहो, उसले त सत्यलाई स्वीकार गर्नु छ । “हो” लाई स्वीकार गर्नु छ  र “होइन”लाई अस्वीकार गर्नु छ । यो नै वेदान्त हो, वेदको खास निष्कर्ष हो ।
संसारमा भाव र अभाव दुवै हुँदाहुँदै पनि “अभाव” मुख्य रहन्छ  र परमात्मामा भावको अनतर्गत भाव अभाव दुवै हुँदाहुँदै पनिभावमुख्य रहन्छ छ । अर्को शब्दमा संसारमा ‘नित्यवियोग’ को अन्तर्गत संयोग-वियोग छ । परमात्मामा नित्यवियोगको अन्तर्गत योग-वियोग (मिलन- विरह) छ । अत: संसारमा अभाव(deficiency) मात्र  र परमात्मामा भाव (excellence and sufficiency) मात्र