Popular Posts

Monday, April 3, 2017

Ruhela pathan and Rohilla Chhaetriya relations


इतिहाँस मकवानपुर जिल्लाका कठायतहरुको : शैलेन्द्र सिंह कठायत



मकवानपुर जिल्लाको इपा पञ्चकन्या गा बि जहाँ कठायतहरुको बाहुल्यताछ वडानम्बर ' सात ' जहाँ धुरिको हिसाबले ९९ % कठायतहरु बस्दछन त्यस लगायत बाँकी सबै वडा हरुमापनी कठायत हरुको बहुल्यता रहेकोछ
इतिहाँस मकवानपुर जिल्लाका कठायतहरुको : शैलेन्द्र सिंह कठायत
डोटीका भागीरथ कठायत अन्तार्जातिय विवाह ( नेवार जातकी एक युबतीसँग विवाहगरी ) गरी हाल मकवानपुर जिल्लाको इपा पञ्चकन्या भनेर चिनिने ठाउँमा गएर बस्नुभएको थियो त्यतिबेला हाम्रा कठायतहरु डोटीराज्यमा राजगरेर बस्दथे आफ्ना छोरा नाती, दाजुभाइहरु कसैलेपनि नराम्रोकाम या कुनैपरम्परामा, खान्दानमा धक्कालाग्नेकाम गर्नासाथ उनिहरुलाई तुरुन्तै राज्यनिकला गरिन्थ्यो त्यस्तै भागीरथ कठायतले पनि अन्तर्जातिय विवाह गरेर राज्य निकाला हुनुपर्यो हाम्रो कठायतहरुको ईतिहासमा यस्ता थुप्रै भागीरथहरु थिए जो राज्यनिकाला भएर कोही खोटाङ कोही काठमाडौं, कोही पूर्व कोही पश्चिमगरी देशका अन्यन्त्र भागमा छरिएर बस्न पुगेका थिए
भागीरथ जब काठमन्डौछिरे त्यतिबेला उनिसँग उनका दुईभाई सहित आएका थिए तर बिचमा ति दुईभाई कतागए के गरे भन्नेबारेमा ईतिहास केलाउननै बाँकीछ तर सुरुमा दाजुभाइ साथमा बसे काठमान्डौको दक्षिण तर्फ रहेका दक्षिणकाली माइको मन्दिर देखी केही घण्टा पैदाल जानुपर्ने ठाउँ इपा पञ्चकन्या पनि पहिले काठमन्डौ जिल्ला नै पर्दथियो
जग्गा जमिन प्रसस्त भएका काजी, मुखिया खान्दान कठायत बिहान उठेर गाइको दुध चाढाउन दक्षिणकाली पुग्दथे अहिले पनि इपामा कठायतहरुले दक्षिणकालीलाई आफ्नो कुलदेबतामानि प्रत्यक बर्ष मङ्शिर पुर्णिमाकोदिनमा देवाली गर्ने चलनछ उतिसमयमा दक्षिणकालीमा दुध चढाएर घरफर्की खनाखाएर आफ्नो दैनिककाममा लाग्दथे सो गाउँ उनिहरुकोलागि अत्यन्तै स्वर्गसमान थियो किनकी बजारबाट टाढा बिहान दुधचढाएर समान किन्मेल गरेर घरअफर्की खाना खानकोलागि उनिहरुलाई कुनै समस्या पर्दैनथियो
बिस्तारै बिस्तारै त्यस ठाउँमा कठायत हरुको जनसंख्या बढ्दै गयो कोही राजनीति गर्नतर्फ लगे कोही बसाइसरेर अझ सुगम ठाउँतर्फ जानेक्रम जारी रह्यो बिस्तारै जनसंख्या बढ्दैगयो, कोही पल्टनमा जागिरखान लागे कोही भारततिर कमाउन लागे पहिले श्रीनाथको पल्टन जो नेपालको सबैभन्दा ठुलोगण राजाधानी काठमान्डौमाथियो मेरो आफ्नै बाजे पनि त्योपल्टनमा जागिरए हुनुहुन्थ्यो रे ! मैले थाहापाउदासम्म हर्कबहादुर कठायत गाउको मुखिया हुनुहुन्थ्यो, उहाका सम्पूर्ण परिवार राजनीतिमा लाग्नुभएको थियो पञ्चायत कालका राजनीतिग्य हाम्रो तिर कठायत बहेकअरु कोहिपनी थिएनन गोरख बहादुर कठायत उतिबेला काठमाडौं जिल्लाका सभापती हुनुहुन्थ्यो रे इपामा कठायतहरु मैले थाहा पाउदा सम्म राजगरेरै बस्नुभएको थियो भागीरथ देखी अहिले हामी १३ अौं पुस्तामा छौ यि सम्पूर्ण कुराहरु मैलेपनि हाम्रा पुर्खा देखीलेख्दै राख्नुभएका दस्ताबेज मार्फत सङ्कलन गरेको हुँ एक दिन काठमाडौं जाना लाग्द स्व बलराम कठायतले मलाई उहाको घरमा बोलाएर '' हेर नाती यो बङ्शावली हो हाम्रो हामीलाई एस्को ठुलो महत्तो त्यसकारण तैलेएसलाई छपएर लेरअाइजो भनेर एउटा पुरानो नेपाली कागज जस्मा सम्पूर्णकुराहरु लेखिएको रहेछ त्यो कागज नै नहरा है '' भनेर दिनुभएको थियो त्यसै कागजलाई आधार बनाएर मैले पनि एत्ती सम्म लेख्ने कोशीस गरे खास मा हाम्रो कठायत हरुको सम्पूर्ण विवरण भएको बंसावली महेश सिंह कठायत ले तयार पार्नुभएको जस्मा नेपाल अधिराज्यमात्रै हैन भारतदेखीकै हाम्रा पुस्ताहरुको विवरण छन
यो पढेर तपाईंहरुलाई पनि इपाको कठायत हरुको बारेमा जानकारी भयो भन्नेमा विश्वस्थछु तपाईंहरुपनी इपा गएर उहाहरुसँग भेट्नुस् आफ्नो बन्धु भनेपछी उहाहरु धेरैखुशी हुनुहुन्छ देवाली मापनि सामेल हुनुस् काठमाडौं देखी धेरै टाढा को दुरिपनीछैन कुनैपनी चार्ड बार्डमा तपाईंहरु सजिलै जान सक्नुहुनेछ गएर आफ्नो परिवार सँग एक्दमै खुशीका साथ मनाउन सक्नुहुनेछ हामी कठायतहरु एक हौ