Popular Posts

Monday, April 3, 2017

Ruhela pathan and Rohilla Chhaetriya relations


इतिहाँस मकवानपुर जिल्लाका कठायतहरुको : शैलेन्द्र सिंह कठायत



मकवानपुर जिल्लाको इपा पञ्चकन्या गा बि श जहाँ कठायतहरुको बाहुल्यताछ । वडानम्बर ' सात ' जहाँ धुरिको हिसाबले ९९ % कठायतहरु बस्दछन । त्यस लगायत बाँकी सबै वडा हरुमापनी कठायत हरुको बहुल्यता रहेकोछ ।
इतिहाँस मकवानपुर जिल्लाका कठायतहरुको : शैलेन्द्र सिंह कठायत
डोटीका भागीरथ कठायत अन्तार्जातिय विवाह ( नेवार जातकी एक युबतीसँग विवाहगरी ) गरी हाल मकवानपुर जिल्लाको इपा पञ्चकन्या भनेर चिनिने ठाउँमा गएर बस्नुभएको थियो । त्यतिबेला हाम्रा कठायतहरु डोटीराज्यमा राजगरेर बस्दथे । आफ्ना छोरा नाती, दाजुभाइहरु कसैलेपनि नराम्रोकाम या कुनैपरम्परामा, खान्दानमा धक्कालाग्नेकाम गर्नासाथ उनिहरुलाई तुरुन्तै राज्यनिकला गरिन्थ्यो । त्यस्तै भागीरथ कठायतले पनि अन्तर्जातिय विवाह गरेर राज्य निकाला हुनुपर्‍यो । हाम्रो कठायतहरुको ईतिहासमा यस्ता थुप्रै भागीरथहरु थिए जो राज्यनिकाला भएर कोही खोटाङ त कोही काठमाडौं, कोही पूर्व कोही पश्चिमगरी देशका अन्यन्त्र भागमा छरिएर बस्न पुगेका थिए ।
भागीरथ जब काठमन्डौछिरे त्यतिबेला उनिसँग उनका दुईभाई सहित आएका थिए । तर बिचमा ति दुईभाई कतागए के गरे भन्नेबारेमा ईतिहास केलाउननै बाँकीछ तर सुरुमा ३ दाजुभाइ साथमा बसे । काठमान्डौको दक्षिण तर्फ रहेका दक्षिणकाली माइको मन्दिर देखी केही घण्टा पैदाल जानुपर्ने ठाउँ इपा पञ्चकन्या पनि पहिले काठमन्डौ जिल्ला नै पर्दथियो ।
जग्गा जमिन प्रसस्त भएका काजी, मुखिया खान्दान कठायत बिहान उठेर गाइको दुध चाढाउन दक्षिणकाली पुग्दथे । अहिले पनि इपामा कठायतहरुले दक्षिणकालीलाई आफ्नो कुलदेबतामानि प्रत्यक बर्ष मङ्शिर पुर्णिमाकोदिनमा देवाली गर्ने चलनछ । उतिसमयमा दक्षिणकालीमा दुध चढाएर घरफर्की खनाखाएर आफ्नो दैनिककाममा लाग्दथे । सो गाउँ उनिहरुकोलागि अत्यन्तै स्वर्गसमान थियो । किनकी बजारबाट टाढा बिहान दुधचढाएर समान किन्मेल गरेर घरअफर्की खाना खानकोलागि उनिहरुलाई कुनै समस्या पर्दैनथियो ।
बिस्तारै बिस्तारै त्यस ठाउँमा कठायत हरुको जनसंख्या बढ्दै गयो । कोही राजनीति गर्नतर्फ लगे कोही बसाइसरेर अझ सुगम ठाउँतर्फ जानेक्रम जारी रह्यो । बिस्तारै जनसंख्या बढ्दैगयो, कोही पल्टनमा जागिरखान लागे त कोही भारततिर कमाउन लागे । पहिले श्रीनाथको पल्टन जो नेपालको सबैभन्दा ठुलोगण राजाधानी काठमान्डौमाथियो मेरो आफ्नै बाजे पनि त्योपल्टनमा जागिरए हुनुहुन्थ्यो रे ! मैले थाहापाउदासम्म हर्कबहादुर कठायत गाउको मुखिया हुनुहुन्थ्यो, उहाका सम्पूर्ण परिवार राजनीतिमा लाग्नुभएको थियो । पञ्चायत कालका राजनीतिग्य हाम्रो तिर कठायत बहेकअरु कोहिपनी थिएनन । गोरख बहादुर कठायत उतिबेला काठमाडौं जिल्लाका सभापती हुनुहुन्थ्यो रे । इपामा कठायतहरु मैले थाहा पाउदा सम्म राजगरेरै बस्नुभएको थियो । भागीरथ देखी अहिले हामी १३ अौं पुस्तामा छौ । यि सम्पूर्ण कुराहरु मैलेपनि हाम्रा पुर्खा देखीलेख्दै राख्नुभएका दस्ताबेज मार्फत सङ्कलन गरेको हुँ । एक दिन म काठमाडौं जाना लाग्द स्व बलराम कठायतले मलाई उहाको घरमा बोलाएर '' हेर नाती यो बङ्शावली हो हाम्रो हामीलाई एस्को ठुलो महत्तो छ त्यसकारण तैलेएसलाई छपएर लेरअाइजो भनेर एउटा पुरानो नेपाली कागज जस्मा सम्पूर्णकुराहरु लेखिएको रहेछ त्यो कागज नै नहरा है '' भनेर दिनुभएको थियो । त्यसै कागजलाई आधार बनाएर मैले पनि एत्ती सम्म लेख्ने कोशीस गरे । खास मा हाम्रो कठायत हरुको सम्पूर्ण विवरण भएको बंसावली महेश सिंह कठायत ले तयार पार्नुभएको छ । जस्मा नेपाल अधिराज्यमात्रै हैन भारतदेखीकै हाम्रा पुस्ताहरुको विवरण छन ।
यो पढेर तपाईंहरुलाई पनि इपाको कठायत हरुको बारेमा जानकारी भयो भन्नेमा म विश्वस्थछु । तपाईंहरुपनी इपा गएर उहाहरुसँग भेट्नुस् आफ्नो बन्धु भनेपछी उहाहरु धेरैखुशी हुनुहुन्छ । देवाली मापनि सामेल हुनुस् । काठमाडौं देखी धेरै टाढा को दुरिपनीछैन । कुनैपनी चार्ड बार्डमा तपाईंहरु सजिलै जान सक्नुहुनेछ । गएर आफ्नो परिवार सँग एक्दमै खुशीका साथ मनाउन सक्नुहुनेछ । हामी कठायतहरु एक हौ ।