श्रीमद्भागवत गीताको उपदेश मनुष्य मात्रको अनुभवमाथि
आधारित छ । यसको दिव्य उपदेश (२-११) आरम्भ गर्नु अगाडि भगवान् यो कुरा स्पष्ट
गर्नुहुन्छ कि शरीर र शरीरि अनित्य,
असत् एकदेशीय र नाशवान् छ । शरीरि नित्य, सत्,
सर्वव्यापी र अविनाशी छ । अतः नाशवान् वस्तुको विनाश देखेर दुःखी
नहुने र अविनाशी वस्तुको अविनाशीता देखेर उसलाई बनाई राख्ने इच्छा नगर्नुलाई “विवेक” भनिन्छ । कर्म योग, ज्ञानयोग
र भक्तियोग यि तीनवटै योगमार्गमा विवेकको आवश्यकता पर्दछ । “म
शरीरबाट सर्वथा भिन्न छु” यस्तो विवेक भएपछि मात्र भक्तिको
अभिलाषा जाग्रित हुन्छ । भक्तिको कुरा त टाढा रहोस, स्वर्गादिको
प्राप्तिको कामना पनि आफूलाई शरीरबाट अलग माने पछि मात्र उत्पन्न हुन्छ । यसैकारण
भगवान्ले आफ्नो उपदेश आरम्भ गर्दा नै सबभन्दा पहिले विवेकको वर्णन गर्नुभयो ।
गीताको
उपर्युक्त विवेक-प्रकरण (गीता-२-११) श्लोकबाट प्रारम्भ भएर (गीता-२-३०) श्लोकमा गएर समाप्त हुन्छ । विवेकको यस
प्रकरणमा भगवान्ले आत्मा, अनात्मा,
प्रवृति, पुरुष, व्रह्मा,
अविद्या, इश्वर, जीव,
जगत, माया आदि कुनै पनि दार्शनिक शब्दको
प्रयोग गर्नुभएन । प्रत्युत सबै मनुष्य सरलतासँग सम्झन सकुन् भन्ने हेतुले यसै
ढङ्गबाट भगवान्ले यसको विवेचना गर्नुभएको छ । यसको तात्पर्य यो हो कि मात्र
मनुष्य परमात्मा प्राप्तिको अधिकारी हो । किनकि मनुष्य शरीर परमात्मा प्राप्तिको
लागि पाइएको छ । अतः उपर्युक्त विवेकको महत्व दिएर मात्र मनुष्य परमात्मा प्राप्ति
गर्न सक्दछ ।
यस
प्रकरणमा भगवान्ले “वुद्धि”
शब्दको प्रयोग गर्नुभएको छैन । वास्तवमा नित्य र अनित्य सत र असत,
अविनाशी र विनाशी , शरीरि र शरीरलाई अलग-अलग
सम्झनको लागि ‘विवेक’ को आवश्यकता
पर्दछ न कि वुद्धिको । विवेक वुद्धि भन्दा माथि छ । जसरी प्रकृति र पुरुष अनादि
छन् (गीता
=१३-१९) । यस्तै उनीहरूको भिन्नतालाई प्रकट गर्नेवाला विवेक पनि अनादि छ । यही
विवेक मात्र प्राणीहरूलाई नित्य प्राप्त छ । पशुपंक्षीले पनि खाद्य-अखाद्य
पदार्थहरूको भिन्नता जान्दछन् । यो विवेक विशेष रुपबाट प्राप्त छ पशुपंक्षी आदिमा
खाली जीवन निर्वाह मात्रको लागि जड पदार्थको विवेक रहन्छ । तर मनुष्य आफ्नो
विवेकद्वारा सदाको लागि जन्ममरण रुप बन्धनबाट मुक्त भएर शाश्वत शान्ति प्राप्त
गर्न सक्दछ । त्यही नै मानिसको विवेकको विशेषता हो ।
विवेक
जाग्रित भएपछि अर्थात शरीर र शरीरिको भिन्नताको अनुभव भएपछि आफ्नो भनिने वा मानिने
इन्द्रीय-मन-वुद्धि सहित संसारको साथ सर्वथा सम्बन्ध विच्छेद भई हाल्दछ । जो कि
वास्तवमा हो र वुद्धि शुद्ध तथा सम् भई हाल्दछ । अर्थात वुद्धिको विषमभाव मेटि
हाल्दछ ।
कर्मयोगमा
वुद्धिमा एक निश्चयको प्रधानता हुन्छ । “व्यवसायात्मिका वसद्धिरेकेह”( गीता२-४१) । मनुष्यमा जब आफ्नो कल्याण अथवा परमात्मा
प्राप्तिको मात्र एक निश्चय हुन्छ । तब उसलाई अनुकूलता र प्रतिकूलताले बाधा पुर्याउँदैन
। र यसप्रकार केही नगरेर पनि उसको वुद्धि स्वतः सम हुन थाल्दछ । जबतक वुद्धिमा
संसारको महत्व, आकर्षण र
खिचवा रहन्छ । एक निश्चयात्मि वुद्धि भएपछि संसारको महत्व, आकर्षण
र खिचवा स्वतः मेटिन (हटन) लाग्दछ । यस्तो निश्चयात्मिक वुद्धि हुनको लागि भोग र
संग्रहप्रतिको आसक्तिलाई महान बाधक भनिएको छ (गीता२-४४) ।
यसप्रकार
कर्मयोगमा निश्चयात्मि वुद्धिको अत्यन्त आवश्यकता वाताएपछि भगवान् अर्जुनलाई
सम्भावपूर्ण कर्तव्य कर्म गर्नको लागि विशेषरुपले भन्नुहुन्छ । जस्तो “कर्मण्येवाधिकारस्ते” (गीता १-३१),“योगस्थः करु कर्माणि” (गीता२-४८) आर्यत,
“तेरो कर्म गर्नमा मात्र अधिकार छ” ‘समतामास्थित
भएर तिमी कर्म गर ।’ यसैका साथ यो पनि भन्नुहुन्छ कि “दुरेण ह्यवरं कर्म वुद्धियोगात्”
(गीता २-४९) “वुद्धियोग (समता) भन्दा सकामकर्म अत्यन्त तुच्छ छ । अगाडि भन्नुहुन्छ । “बुध्दौ शरण मन्विच्छ” (गीता२-४९) “वुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते । तस्माद्योगाय युज्यस्व योगः
कर्मसु कौशलम ।”( गीता२-५०) “तिमी समवुद्धिको आश्रय ग्रहण गर” “समतापूर्वक कर्म
गर्नेवाला पुरुष पाप र पुण्य दुवैको यही जिवित अवस्थामा नै त्याग गरिदिन्छ ।
यसकारण तिमी समताको प्राप्तीको लागि प्रयत्न गर, किनकि समता
नै कर्ममा चतुरता हो ।
अर्जुनको
मनमा युद्ध नगर्ने इच्छा (मनसाय) पहिले देखिनै थियो । पहिलो अध्यायको एकतिसौ
श्लोकमा (बिजी १-३१) अर्जुन भन्नुहुन्छ । युद्धमा आफ्नो वंशजलाई मारेर म आफ्नो हित
देखदिन ‘न च अ्रयोडनुपश्यामि हत्वा स्वजनमहवे
।’ फेरि १-४५ श्लोकमा भन्नुहुन्छ- अहो । शाक छ कि हामीहरू
वुद्धिमान भएर पनि युद्धरुप महान पाप गर्नको लागि तयार भएका छौं । “अहो वत महत्पाप कर्तु व्यवसिता वयम ।” अगाडि दोस्रो
अध्यायको पाचौ श्लोकमा (२-५) अर्जुन भन्नुहुन्छ । ‘म
भिक्षाको अन्न खानु श्रेष्ठ सम्झन छु तर युद्ध गर्न चाहँदिन’, “श्रेयो भोक्तु भक्ष्यमपीह लोके” र (२-९) श्लोकमा त
भगवान्को आज्ञा ‘उत्तिष्ठ परन्तप’ (२-३)
को विरुद्ध आफ्नो निर्णय पनि सुनाउनुहुन्छ,‘म युद्ध गर्दिन’
‘नयोत्स्यो’ (२-९)
यस्तो
नियम छ कि आफ्नो आग्रह राख्नाले स्रोताहरूले वत्ताको आशय राम्रोसँग सम्झन
सक्क्तैनन् । यही कारणले होला आफ्नो युद्ध न गर्ने आग्रह यहीले नै राखेकाको कारण
अर्जुनले यस प्रकरणमा भगवान्को वचनहरूको आशय राम्रोसँग सम्झन सकेनन् । त्यसैकारण
अर्जुनले आफ्नो कल्याण के गर्दा उपयुक्त हुन्छ,
त्यो विषयमा जाने प्रवल इच्छा जाहेर गर्नुभयो ।
वास्तवमा
मानिस र अन्य पशुहरूबीच फरक विवेकले गरेको हुन्छ । जुनसुकै व्यवसायको मानिस होस्
उसले विवेकको प्रयोग गर्न असमर्थ भयो भने उ पशु सरह हुन पुग्दछ । उसले गर्ने
कार्यहरू र पशुहरूले गर्ने कार्यहरूमा फरक हुँदैन । अहिले विश्वले प्रविधिको चरम
विकास गरेको छ, यिनै
प्रविधिहरूको गलत प्रयोग गरेर मानिसहरू झन् झन् अविवेकी र स्वार्थी हुँदै गइरहेका
छन् । त्यसैले अहिलेको मुल आवश्यकता भनेको स्कुल, कलेज तथा
व्यावसायिक प्रतिष्ठानहरू समेत आध्यात्मिक ज्ञानको शिक्षा तथा तालिमको व्यवस्था
गर्नु अति आवश्यक भइसकेको छ ।
सृष्टिले
मानवलाई अन्य प्राणीभन्दा फरक अर्थात विवेक प्रदान गरेको छ । विवेक मानवको लागि
ज्यादै शक्तिशाली साधन हो । यसको सदुपयोग गरेर मानवको जीवन अन्तिम लक्ष्य मोक्ष
हासिल गर्न सक्षम हुन्छन् । तर अफसोच यसमा छ कि विरलै मानिसहरूले विवेकको सदुपयोग
गर्न सक्षम हुन्छन् । विवेकको समुचित प्रयोग गरेर हामी जस्तै साधारण मानिसहरू
वुद्ध, यशु, विवेकानन्द, रमन महर्षि, रामकृष्ण
परम हंश, महात्मा गान्धी, खप्तड बाबा,
शिवपुरी बाबा आदि जस्ता पवित्र आत्मा भएर मोक्ष प्राप्त सफल भएका
छन् । त्यसैले मानवलाई प्राप्त विवेक जस्ता शत्तिशाली साधनको प्रयोग हरेक व्यक्ति आफ्नो
कार्य क्षेत्रमा पनि गरेर आफ्नो पेशाप्रति इमान्दारी गर्दै देश र आमजनताको सेवा
तथा गरिव,निमुखा एवं अन्यायमा परेका प्राणीहरूको उद्दार गरी
आफ्नो कल्याण गर्न सक्दछन् । यसरी विवेकको प्रयोग गरी प्राणी मात्रको कल्याण विना
स्वार्थ गर्नुलाई नै भागवत् गीता कर्मयोग भनिएको छ ।
सन्दर्भ सामाग्रिहरू :
१. श्रीमद्भागवत गीता- रामशुकदाशजी महाराज
२. वेदान्त विज्ञान, श्री १०८ खप्तड बाबा
३. Six
School Of Hinduism, Max Muller