जब चेतन (
Conscious) आफ्नो सम्बन्ध जडसँग(innimate) मान्दछ, तब उसमा संसार अर्थात् भोक्तृत्व ( Possession ) को पनि इच्छा हुन्छ र परमात्माको (Supreme Spirit) पनि इच्छा हुन्छ । जडसँग सम्बन्ध मानाले जिवको
यही भूल हुन्छ कि उ सत-चित- आनन्द स्वरुप परमात्माको इच्छा, अभिलाषालाई संसारबाट
पनि पुरा गर्नको लागि संसारिक पदार्थहरु इच्छा गर्न थाल्छ । परिणाम स्वरुप उसको यि
दुवै इच्छाहरू स्वरुपबोधको ( soul realization) बिना कहिले पनि मेटिदैन ।
संसारलाई
जान्नको लागि संसारसँग अलग (Divided) हुन र परमात्मालाई जान्नको लागि परमात्मासँग
अभिन्न (Undivided) हुनु आवश्यक छ । वास्तवमा
‘स्वयं’(Soul) को संसारसँग भिन्नता र परमात्मासँग अभिन्नता छ । परन्तु संसारको
इच्छा गर्नाले ‘स्वयं’ संसारसँग आफ्नो भिन्नता या समीपता मान्दछ ।
जो कहिले पनि सम्भव छैन । हो, संसारिक इच्छाहरुलाई मेटाउनको लागि पारमार्थिक इच्छा
गर्नु वृहत उपयोगी छन। यदि परमार्थिक इच्छा तीव्र भयो भने लौकिक इच्छाहरु स्वत: मेटिहाल्दछन।
यदि लौकिक (worldly)
इच्छाहरु सर्वथा मेटियो भने पारमार्थिक (supernatural) इच्छा
पुरा भैहाल्दछ । अर्थात नित्य प्राप्त परमात्माको अनुभव भैहाल्छ । कारण वास्तवमा
परमात्मा सदा सर्वदा विद्यमान हुन्छ । तर लौकिक इच्छा भएको हुँदा उहाँको अनुभव हुँदैन
।
“यदा सर्वे प्रमुच्यन्ते कामा येउस्य हदिकिता: ।
अथ मत्योडमृता भवत्यज व्रह्म समश्नुते ।।“
कठ. २/३/१४,
वृहदा ४/४/७
मानीसको हृदयमा
स्थित सम्पुर्ण कामनाहरु जब समूल नष्ट
हुन्छन्, तब मरणधर्मा (law of death) मनुष्य अमर हुन्छ र यही
(मनुष्यरुपी शरीरमानै) व्रह्मको भलिभाति अनुभव हुन थाल्दछ ।
“जहि शत्रुं महाबाहो कामरूपं दुरासदम्” (BG-3-43) । ‘महावाहो’ को अर्थ हो ठुलो र वलवान भुजावाला अर्थात महावीर । अर्जुनलाई
‘महावाहो’ अर्थात शुरवीर भन्नेर भगवान् यो लक्ष्य देखाउन हुन्छ
कि तिमी यस ‘काम’ (Desire) रुप शत्रुको दमन गर्न समर्थ बन्न ।
संसारसँग सम्वन्ध
राखेर ‘काम’को नाश गर्न धेरै कठिन छ । यो ‘काम’ ठुला ठुलाहरुको विवेकलाई (wisdom) समेत
ढाकेर उनीहरुलाई कर्तव्यबाट च्यूत गरिदिन्छ । जसले गर्दा उनीहरुको पतन हुन्छ । त्यसैले
भगवानले यसलाई दुर्जय शत्रु (Invincible Enemy) भन्नुभएको छ ।
कुनै
एक कामनाको उत्पत्ति, पूर्ति, आपूर्ति र निवृत्ति हुन्छ । यसैकारण मात्र कामनाहरु उत्पन्न र नष्ट हुनेवाला हो । परन्तु ‘स्वयं’
निरन्तर रहिरहन्छ र कामनाहरूको उत्पन्न तथा नष्ट भएको जान्दछ । अत: कामनाहरूसँग
उसले सुगमतापुर्वक सम्बन्ध विच्छेद गर्न सक्दछ । किन भने वास्तवमा कामनाहरूसँग उसले सम्बन्ध छँदै थिएन । यसकारण साधकहरुले (मानीसहरुले) कामनासँग घवराउन हुँदैन । यदि साधकलाई आफ्नो
कल्याणको पक्का उद्धेश्य छ, भने उसले त्यस ‘काम’ (कामनाहरू)
लाई सुगमतापुर्वक मार्न सक्छ ।
कामनाहरुको
त्यागमा अथवा परमात्मा प्राप्तिमा सवै मानीसहरु स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छन् । परन्तु कामनाहरुको पूर्तिमा
कोही पनि स्वतन्त्र अधिकारी तथा योग्य र समर्थ छैनन् । यसकारण कामनाहरु पुरा हुनेवाला छँदै छैन । परमात्माले मानव शरीर
आफ्नो (मानीसहरुको) उद्धेश्य मुक्ति प्राप्तिको
लागि दिएको हो । अत: कामनाको त्याग गर्न कठिन छैन । संसारिक भोग पदार्थहरुलाई
महत्व दिनाको कारणले नै कामनाको त्याग कठिन लागेको हो ।
सुख (अनूकुलता)
को कामनालाई मेटाउनको लागि नै भगवान् समय-समयमा दु:ख (प्रतिकूलता) पठाउनु हुन्छ ।
ताकि सुखको कामना नगरुन भनेर । कामना गरियो भने दु:ख पाउन नै पर्दछ । संसारिक
पदार्थहरुको कामनावाला मनुष्य दु:खबाट कहिले पनि बँच्न सक्दैन । यो नियम हो । किन
कि संयोग-जन्य भोग नै दु:खको ‘हेतु’
हो (BG-5-22) ।
‘स्वय’
(स्वरुप) मा अनन्त बल छ । उसको सत्ता र बललाई पाएर बुद्धि, मन र इन्द्रियहरु
सत्तावान एवं बलवान् हुन्छन । परन्तु जडसँग सम्वन्ध जोड्नाको कारण उ आफ्नो बललाई भुलिरहेको हुन्छ । र आफ्नो वुद्धि, मन र इन्द्रियहरुको अधिनमा मानीरहेको
छ । अत एवं ‘काम’ रुप शत्रुलाई मार्न को
लागि आफूले आफूलाई जान्नु र आफ्नो वललाई चिन्नु पर्दछ । ‘काम’ जडको सम्बन्धबाट र
जडमा नै हुने गर्दछ । जडको सम्बन्ध रहेन भने त ‘काम’ छँदै छैन । यसकारण यहाँ ‘काम’लाई
मार्ने भन्नुको तात्पर्य वस्तुत: ‘काम’को सर्वथा अभाव (absence) बनाउनु नै हो । यसको विपरित
यदि ‘काम’ अर्थात कामनाको सत्तालाई मानेर उसलाई मिटाउने चेष्टा (प्रयास) गरियो भन्ने, कामना मेटिन कठिन छ । किनभने वास्तवमा
कामनाको स्वतन्त्र सत्ता छँदै छैन । कामना उत्पन्न हुन्छ र उत्पन्न हुनेवाला वस्तु
नष्ट हुन्छ । यो नियम हो । नयाँ कामना नगरेमा, पहिलेको कामना आफै नष्ट भैहाल्छ ।
यसकारण कामना मेटाउने भन्नेको नयाँ कामना नगर्नु ।
शरीरादी संसारिक
पदार्थहरुलाई ‘म’, ‘मेरो’ र ‘मेरो लागि’ मान्नाले आफूमा अभाव (कमी) अनुभव हुन्छ । तर मनुष्य भुलले (By mistake) गर्दा,
यस कमीको (अभाव)
पूर्ति संसारिक पदार्थबाट नै गर्न चाहन्छ । त्यसैकारण
ऊ ति पदार्थहरुको कामना गर्दछ । परन्तु वास्तवमा आजतक संसारिक पदार्थहरूबाट कुनै
पनि कमीको (अभाव)
पूर्ति भएको छैन, हुँदैन पनि र पूर्ति हुन सक्दैन । किन कि स्वयं अविनासी छ
र पदार्थ नाशवान छ । स्वयं अविनासी भएर पनि नाशवानको कामना गर्नाले लाभ हुँदैन
हुँदैन । यसकारण भगवान् कामनालाई शत्रु बताउँदै त्यसलाई मार्न आज्ञा दिनुहुन्छ ।
‘कर्मयोग’द्वारा
यस कामनाको नाश सुगमतासँग भैहाल्दछ । किन कि कर्मयोगको साधकहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक
कार्यहरु परमात्मा प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् । आफ्नो
कामनाको पूर्तिको लागि गर्दैनन् । उनीहरु हरेक कार्य निष्कामभावसँग अर्काको हित र
सुखको लागि गर्दछन् । उनीहरु सँग जो समय, समझ, सामग्री र सामर्थ्य छ, ति
सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको छ, पछि विछोडिन
सक्छ । त्यसकारण उनीहरु तिनीहरुलाई
आफ्नो कहिले सम्झदैन र निस्वार्थ भावले संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् ।
सवैलाई पुराका पुरा संसारको सेवामा लगाइदिन्छन् ।
कर्मयोगी
मानीस आफ्ना लागि केही पनि गर्दैनन् ।
आफ्नो लागि केही पनि चाहँदैनन् र आफ्नो केही कुरालाई अर्थात वस्तुलाई मान्न पनि
मान्दैनन् । यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ । कामनाहरूको सर्वथा
नास भएपछि उसको उद्धेश्यको पूर्ति भैहाल्छ । उनीहरुमा आफूले
आफूमा नै र आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य
भैहाल्छ । अर्थात उनीहरुको लागि केही पनि गर्नु (Nothing do), जानु (
Nothing know)र पाउनु ( Nothing to get) बाँकी रहँदैन ।
भगवानले इन्द्रियहरु
मन र वुद्धिको नाम लिनुभयो तर अहम्को (Ego) नाम लिनुभएन । अहम् वुद्धि भन्दा पर छ
। भगवद्
गीतामा (BG-7-4) पनि भगवान्ले वुद्धि पछि, अहम्लाई लिनुभयो । ‘भूमिरापोअनलो
वाय: ख मनो वुद्धिरेव च । अहङ्कार इतियमे ... । अत यहाँ पनि ‘ख’ पदबाट अहम्मता
बस्ने ‘काम’लाई लिनुपर्दछ । जबतक स्वरुपको साक्षात्कार हुँदैन तबसम्म अहम्मा काम
रहन्छ । स्वरुपको साक्षात्कार भएपछि अहम्मा काम रहँदैन –“पर दृष्टवा निवर्तते ।“ (BG-2-31)
। सुख स्वरुपमा छ, तर कामको कारण मनुष्य जडताको सत्ता र महत्ता दिएर सुख चाहन्छ ।
जवतक जड्ताको सम्बन्ध छ, तवतक ‘काम’ छ । जड्तासँग सर्वथा सम्बन्ध विच्छेद भए पछि ‘प्रेम’
(Bliss) हुन्छ ।
‘काम’
आफूमा छ “रसोअपास्य” (BG-2-59) । आफूमा हुनाले नै कामहरुको लागि आफू
वाधा हुन्छ । यदि यो आफूमा नहुँदो हो, अर्को इन्द्रियहरु, मन, वुद्धिमा भएको भए
हामीलाई के वाधा हुन्थ्यो ? आफूमा ‘काम’ हुनाले नै स्वयं सुखी
दु:खी हुन्छ । कर्ता भोक्ता हुन्छ । वास्तविक दृष्टिबाट हर्ने हो भने ‘काम’ आफूले मानेको हो । आफूमा छँदै
छैन, त्यसकारण यो मेटिन्छ । अत: ‘काम’ आफूमा छ, तर मानेको रुपमा मात्र छ ।
अहम्मा
रहने चिजलाई मानिस आफ्नो मान्दछ । आफूमा रहने
अहम् मानिसको हो र
यस अहम्मा ‘काम’ रहन्छ । अत: जबतक अहम् छ, तबतक अहमको जातिय आकर्षण अर्थात ‘काम’
हुन्छ । जब अहम् रहँदैन तब स्वयंको जातिको आकर्षण प्रेम हुन्छ । कामको संसारको तर्फ
र प्रेमको परमात्माकोतर्फ आकर्षण हुन्छ । सम्पुर्ण त्रिलोकको अनन्त व्रह्माण्ड ‘विषय’ हो । विषय इन्द्रियहरुको
एक देशमा छ । इन्द्रीयहरु मनको एक देशमा हुन्छ । मन वुद्धिको एक देशमा छ । वुद्धि
अहमको एक देशमा हुन्छ । र अहम् चेतन (स्वरुप)को एक देशमा रहन्छ । अत: चेतन अत्यन्त
महान छ । जसको अन्तर्गत सम्पुर्ण त्रिलोकका अनन्त व्रह्रमाण्ड बिध्यमान छ । परन्तु अपरा
प्रकृतिको एक अंश अहम्को साथ आफ्नो सम्वन्ध जोड्नाको कारण मनुष्य आफूलाई अत्यन्त
सानो (एकदेशीय) देख्दछ ।
‘कर्मयोग’द्वारा कामनाको नाश सुगमतासँग भैहाल्दछ । किन कि कर्मयोगको मानीसहरु संसारको सानो भन्दा सानो अथवा ठुलो भन्दा ठुलो प्रत्येक कार्यहरु परमतत्त्व ( Heighest Truth) प्राप्तिको उद्धेश्य राखेर अर्कोको लागि गर्दछन् । आफ्नो कामनाको पूर्तिको लागि गर्दैनन् । उनीहरु हरेक कार्य निष्कामभावसँग (stainless) अर्काको हित र सुखको लागि गर्दछन् । उनीहरु सँग जो समय (Time), समझ(knowledge), सामग्री (Resources) र सामर्थ्य (Ability) छ, ति सब आफ्नो नभएर प्रत्यक्ष अहिले मिलेको छ, पछि विछोडिन सक्छ । त्यसकारण उनीहरु तिनीहरुलाई आफ्नो कहिले सम्झदैन र निस्वार्थभावले (selflessly) संसारको नै मानेर संसारकै सेवामा लगाइदिन्छन् । यसैकारण उनीहरुमा कामनाहरुको नास सुगमतापुर्वक भैहाल्दछ । कामनाहरूको सर्वथा नास भएपछि उसको अर्थात साधकको
उद्धेश्यको पूर्ति भैहाल्छ । उनीहरुमा आफूले आफूमा र आफूले, आफूलाई नै पाएर कृतकृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य भैहाल्छ ।
BY: Er. Mahesh Singh Kathayat DIGP Retd.
Senior Associate Professor